नेपालको मिथिला क्षेत्रमा अवस्थित प्रदेश From Wikipedia, the free encyclopedia
मधेश प्रदेश[2][3] नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान २०७२ लागू भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो।[4][5] यो प्रदेशको पूर्व दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेश र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल ९,६६१ किमी२ (३,७३० वर्ग माइल) रहेको छ। वि.सं. २०६८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ५४,०४,१४५ रहेको छ जुन यसलाई नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।[6]
मधेश प्रदेश | |
---|---|
घडीको दिशामा शीर्षबाट जानकी मन्दिर, कङ्कालिनी मन्दिर, नेपालको प्रवेशद्वार वीरगञ्ज महानगरपालिका, छिन्नमस्ता मन्दिर र गढीमाई मन्दिर | |
राष्ट्र | नेपाल |
स्थापना | सन् २०१५ सेप्टेम्बर २० |
राजधानी | जनकपुर |
ठूलो सहर | वीरगञ्ज महानगरपालिका |
जिल्ला | ८ |
सरकार | |
• अङ्ग | मधेश प्रदेश सरकार |
• प्रदेश प्रमुख | हरि शंकर मिश्र[1] |
• मुख्यमन्त्री | सरोज कुमार यादव |
• उच्च अदालत | जनकपुर उच्च अदालत |
• प्रदेश सभा | एकसदनीय (१०७ सिट) |
• संसदीय निर्वाचन क्षेत्र | ३२ |
क्षेत्रफल | |
• जम्मा | ९,६६१ किमी२ (३७३० वर्ग माइल) |
• क्रम | ७औँ |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ५,४०४,१४५ |
• क्रम | दोस्रो |
• घनत्व | ५६०/किमी२ (१४००/वर्ग माइल) |
• क्रम | प्रथम |
वासिन्दा | मधेशी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
आधिकारिक भाषाहरू | मैथिली, भोजपुरी र नेपाली |
अन्य भाषाहरू | बज्जिका, थारु र उर्दु |
माविसू | ०.४८५ (न्यून) |
साक्षरता | ४९.५४% |
लैङ्गिक अनुपात | १०१.१८ ♂ /१०० ♀ (२०११) |
पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको यो प्रदेशमा जम्मा ८ जिल्ला रहेको छ। यो प्रदेशको अधिकांश मानिस मैथिली, भोजपुरी र नेपाली बोल्ने गर्छन्।[7][8] धार्मिक र सांस्कृतिक धरोहरको केन्द्रको रूपमा रहेको जनकपुर, यो प्रदेशको राजधानीको रूपमा रहेको छ। प्राचीन किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो क्षेत्र विदेह वंशको राजधानी थियो जसले प्राचीन मिथिलामाथि राज्य गरेको थियो।[9]
नेपालको पहिलो नियोजित रूपमा बसालिएको सहर राजविराज, नेपालको ९औँ र तराई क्षेत्रको पुरानो नगरपालिकाहरू मध्ये एक हो।[10] यो सहरको नाम प्राचीन राजदेवी मन्दिरको नाममाथि राखिएको छ। यो प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज व्यापारिक र आर्थिक रूपले महत्वपूर्ण छ। यो सहरलाई नेपालको प्रवेशद्वार समेत भन्ने गरिएको छ।[11][12]
सन् २०१८ जनवरी १७ मे नेपालको मन्त्रिपरिषद बैठकको निर्णयानुसार यो प्रदेशमा अवस्थित जनकपुरलाई अन्तरिम राजधानी घोषित गरेको थियो जसलाई सन् २०२२ जनवरी १७ मा मधेश प्रदेश सभाद्वारा मतदान गरि स्थायी राजधानीको रूपमा मूर्त रूप दिएको हो।[13] सन् २०१८ मा सम्पन्न प्रदेश सभा निर्वाचनको परिणामस्वरूप ससफोका संसदीय नेता मोहम्मद लालबाबु राउत प्रदेशको वर्तमान मुख्यमन्त्री हो। यो प्रदेशको नामाकरण मधेश प्रदेशको रूपमा सन् २०२२ जनवरी १७ मा बसेको मधेश प्रदेश सभाद्वारा मतदान गरि तय गरिएको हो।[14]
संस्कृत भाषाको मध्यदेश शब्दको सङ्क्षिप्त रूप मधेश हो।[15] ऐतिहासिक रूपमा नेपालमा मधेश नामक भूभाग नभएता[16] पनि वि.सं. २०६३/०६४ मा नेपालको पूर्वी तराईदेखि पश्चिमी तराईसम्म भएको जनआन्दोलनपछि यो शब्दले नेपालभरि व्यापकता पाएको हो।[17][18][19] वि.सं. १९६८ मा गरिएको नेपालको पहिलो जनगणनामा समेत झापादेखि पर्सासम्मको भूभागलाई पूर्वी तराई, पाल्ही, माजखन्ड, खजनी, शिवराज (वर्तमान कपिलवस्तु, नवलपरासी र रूपन्देही)को भूभागलाई मध्यपश्चिम तराई र बाँकेदेखि कञ्चनपुरसम्मको भूभागलाई सुदूर पश्चिम तराई उल्लेख गरिएको छ।[20]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.