From Wikipedia, the free encyclopedia
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब (फ्रान्सेली उच्चारण: [paʁi sɛ̃ ʒɛʁmɛ̃], अनुवाद: पारी साँ जेरमाँ फुतबल क्लुब) वा सामान्यतया पेरिस सेन्ट-जर्मेन, पेरिस एसजी, वा पिएसजी फ्रान्सको राजधानी पेरिसमा आधारित एक व्यावसायिक फुटबल क्लब हो।[1] पेरिस सहरको अर्को फुटबल क्लब "पेरिस फुटबल क्लब"को स्थापना सन् १९६९ मा भएको थियो भने सन् १९७० मा स्टेड सेन्ट-जर्मेनसँगको उक्त क्लब समायोजित भई पेरिस सेन्ट-जर्मेनको स्थापना भएको थियो।[1][2] हालको पेरिस फुटबल क्लब सन् १९७३ मा यो क्लबबाट अलग्गिएर स्वतन्त्र भएको थियो।[3][4] यसको गृह मैदान पार्क डे फ्रान्स हो जसको क्षमता ४७ हजार ९ सय २९ रहेको छ। यो रङ्गशाला सन् १९७४ देखि यस क्लबको गृह रङ्गशालाको रूपमा रहेको छ। क्लबले फ्रान्सेली फुटबलको प्रथम दर्जाको लिग, लिग वानमा प्रदर्शन गर्दछ।[1]
पुरा नाम | पेरिस सेन्ट-जर्मेन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | लेस पेरिसियन्स लेस रोग एट ब्ल्यु | |||
छोटो नाम | पिएसजी, पेरिस एसजी, पेरिस | |||
स्थापना | १२ अगस्ट १९७० | |||
मैदान | पार्क डे फ्रान्स | |||
क्षमता | ४७,९२९ | |||
मालिक | कतार खेलकुद लगानीकर्ता | |||
प्रमुख | नासर अल-खलयफी | |||
प्रमुख प्रशिक्षक | थोमस तुखेल | |||
लिग | लिग वन | |||
२०१८–१९ | लिग वन, प्रथम | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
क्लबले आफूलाई फ्रान्सको एक प्रमुख तथा शक्तिशाली क्लबको रूपमा स्थापित गर्न सफल भएको छ।[1][5] पेरिस सेन्ट-जर्मेनले हालसम्म ४० पटक घरेलु प्रतियोगिताको उपाधि जित्न सफल भएको छ जसले गर्दा यो क्लब फुटबलको एक प्रमुख शक्तिको रूपमा स्थापित भएको छ। सर्वाधिक उपाधि जित्न सफल यस क्लब इतिहासको सबैभन्दा सफल फ्रान्सेली क्लब पनि हो।[6]
क्लब लगातार घरेलु संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने क्लबहरू मध्ये एक हो। क्लब सन् १९७४ देखि लिग वनमा प्रदर्शन गरिरहेको छ। हालसम्म युरोपेली प्रतियोगिता फ्रान्सका दुईवटा क्लबले मात्र जितेका छन् जसमा यो पनि समावेश छ।[7] फ्रान्सको सबैभन्दा लोकप्रिय फुटबल क्लब हुनुका साथसाथै यसले विश्वका सर्वाधिक धेरै समर्थित टोलीको रूपमा स्थान प्राप्त गर्न सफल भएको छ।[8][9]
घरेलु प्रतियोगितामा यसले ८ पटक लिग वनको उपाधि जितेको छ भने, यसले सर्वाधिक धेरै १२ पटक कुप डी फ्रान्स र ९ पटक कुप डी ला लिग जितेको छ। यसले सर्वाधिक ९ पटक त्रफिस देस चाम्पियन्सको उपाधि पनि जितिसकेको छ।[5] युरोपेली प्रतियोगितामा यसले एक पटक युइएफए कप विनर्स कप र एक पटक युइएफए इन्तेरतोतो कप पनि जित्न सफल भएको थियो। यसले एक पटक दोस्रो दर्जाको लिग, लिग दु सन् १९७०-१९७१ को संस्करणमा जितेको थियो जुन यसको दोस्रो दर्जाको आधिकारिक उपाधि थियो।[10] पिएसजीको लामो समय देखि अर्को बहुचर्चित फ्रान्सेली फुटबल क्लब ओलाँपिक द माख्सेइयसँग दुस्मनी चलिरहेको छ। यी दुईवटा क्लब बीचको प्रतियोगितालाई ले क्लासिक भनिन्छ।[11]
सन् २०११ देखि कतार सरकारको स्वामित्वमा रहेको आधिकारिक सरकारी कम्पनी, कतार खेलकुद लगानीकर्ता यस क्लबको मालिकको रूपमा रहेको छ। [12] कम्पनीले पेरिस सेन्ट-जर्मेनको स्वामित्व ग्रहण गरे देखि यो फ्रान्सको सबैभन्दा धनी क्लब र विश्वको धनी फुटबल क्लबहरू मध्ये एकको रूपमा रहेको छ।[13]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.