From Wikipedia, the free encyclopedia
न्याजड्याक (/ˈnæzˌdæk/ ( )) एउटा अमेरिकी सेयर बजार हो। यो संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहरमा रहेको वन लिबर्टी प्लाजामा अवस्थित छ।[3] सेयर बजार पुँजीको आधारमा यो सेयर बजारहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। यस सेयर बजारभन्दा बढी पुँजी न्यु योर्क स्टक एक्सचेन्जसँग रहेको छ।
प्रकार | सेयर बजार |
---|---|
स्थान | न्यु योर्क, संयुक्त राज्य अमेरिका |
स्थापना | फेब्रुअरी ४, १९७१ |
मालिक | द न्याजड्याक ओएमएक्स समूह |
प्रमुख व्यक्ति | एडेना टी फ्रेडम्यान(सिइओ)[1] |
मुद्रा | अमेरिकी डलर |
सूचीकृत कम्पनीहरू | अनुमानित ३,५००[2] |
सूचकाङ्क | न्याजड्याक कम्पोजिट न्याजड्याक-१०० न्याजड्याक जैवप्राविधिक सूचकाङ्क |
वेबसाइट | www.nasdaqomx.com |
यस बजारलाई नेसनल एसोसिएसन अफ सिक्योरिटिज डिलर्सद्वारा निवेशकहरूलाई कम्प्युटरीकृत, तीव्र र पारदर्शी प्रणालीमाथि प्रतिभूति गराई व्यापार गर्न सक्षम बनाउने उद्देश्यका साथ् यसको स्थापना गरिएको थियो।[4] यसले सन् १९७१ फेबुअरी ८ देखि आफ्नो कारोबार सुरु गरेको थियो। न्याजड्याकमा सूचीबद्ध केही लोकप्रिय कम्पनीहरूमा एप्पल कम्पनी, गुगल, माइक्रोसफ्ट, ओरेकल, अमेजन र फेसबुक निगम रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.