![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Starr_061211-2254_Pennisetum_purpureum.jpg/640px-Starr_061211-2254_Pennisetum_purpureum.jpg&w=640&q=50)
नेपियर घाँस
From Wikipedia, the free encyclopedia
नेपियर उखु जस्तो देखिने बहुवर्षिय घाँस हो। यसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ। चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ। खेत बारीलाई २-३ पटक जोतेर नेपियर घाँसलाई (३ आँख्ला भएको, ४५-६० सेमी लामो) ४५ डिग्रीको कोण बनाई प्रत्येक कटाइ १५ सेमी फरकमा र एकदेखि अर्कोसम्मको फरक ९० सेमी हुनु पर्दछ। प्रति हेक्टर ५०- ८० किग्रा नाइट्रोजन र ५० किग्रा फसफोरस मल हाल्नु पर्छ।[1] यो घाँस लगाएको २.५ महिना देखि ३ महिना पछि प्रथम पटक काट्न राम्रो हुन्छ। त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५-६ हप्ता पछि र हिउदमा ८-१०हप्ताको फरकमा घाँस काट्न सकिन्छ। घाँस काट्दा जमिन देखि माथि १५-३० सेमी घाँस छोडेर काट्न पर्छ। धेरै तल फेदमा हुने गरी घाँस काटेमा घाँसको उत्पादन घट्दछ।
नेपियर घाँस | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | Tracheophyta |
वर्ग: | Liliopsida |
गण: | Poales |
कुल: | Poaceae |
वंश: | Pennisetum |
प्रजाति: | Pennisetum purpureum |
वैज्ञानिक नाम | |
Pennisetum purpureum | |
पर्याय | |
Pennisetum purpureum subsp. flexispica |