नेपिडो
From Wikipedia, the free encyclopedia
नेपिडो (बर्मी: နေပြည်တော် अङ्ग्रेजी Naypyidaw) म्यानमार (पहिले बर्माको नामले चिनिने)को नयाँ राजधानी हो। नेपिडोको अर्थ राजसी नगर हुन्छ। यसको एउटा अर्को अनुवाद 'राजाहरूको घर' पनि हुन्छ। सन् २००५ नोभेम्बर ६ मा नेपिडोलाई बर्माको प्रशासनिक राजधानी घोषित गरिएको थियो भने यसको नाम सन् २००६ मार्च २७ मा म्यानमारको सशस्त्र बल दिवसको दिन घोषित गरिएको थियो। यो नगर बर्माको पुरानो राजधानी याङ्गोनबाट उत्तरमा लगभग ३०० किलोमिटरको दूरीमा अवस्थित छ। यो याङ्गोन र मान्डालेभन्दा पछि म्यानमारको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। सन २००९ मा यस सहरको जनसङ्ख्या लगभग ९,२५,००० थियो।
छरितो तथ्यहरू नेपिडो နေပြည်တော်Nay Pyi Taw, Nay Pyi Daw, देश ...
नेपिडो
နေပြည်တော် Nay Pyi Taw, Nay Pyi Daw | |
---|---|
नेपितव | |
देश | म्यानमार |
विभाजन | नेपिडो सङ्घीय क्षेत्र[1] |
उप-विभाजन | ८ नगरपालिकाहरू |
घोषित | २००५ |
शामिल | २००८ |
सरकार | |
• अध्यक्ष | म्यो आंग |
क्षेत्रफल | |
• जम्मा | ७,०५४.३७ किमी२ (२७२३.७१ वर्ग माइल) |
उन्नतांश | ११५ मिटर (३७७ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ९२४,६०८ |
• घनत्व | १३१.१/किमी२ (३३९.५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०६:३० (म्यानमार) |
क्षेत्रीय सङ्केत | ०६७ |
बन्द गर्नुहोस्