From Wikipedia, the free encyclopedia
नेपाली खाना बनाउनको लागि प्रयोग हुने भाँडाहरू हातले समात्न सकिने सामान्यतया एक उपकरण हो। यो खाना तथा तत् सम्बन्धी कार्यहरूको लागि डिजाइन गरिएको हो। यी भाँडाहरू खाना तयारी गर्ने प्रयोजनको लागि डिजाइन गरिएको हुन्छ। नेपाली खाना पकाउनको लागि प्रयोग गरिने भाँडाकुँडाहरू निम्नलिखित रहेका छन्:
नाम | अन्य नामहरू | उद्देश्य | डिजाइन | तस्विर |
---|---|---|---|---|
कन्ती | दाना दिने अथवा भात, तिहुन आदि पकाउने काममा प्रयुक्त हुने विशेष प्रकारको आह्री | |||
कराही | खाना पकाउन गरिने भाँडो | दुईतिर कडा लागेको र मुख फराक हुने पकाउने भाँडो | ||
ताई | सेल रोटी पकाउन प्रयोग गरिने भाँडो | पीँधसम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिँडवाल फलामे भाँडो | ||
डाडु | दालतरकारी आदि चलाउने वा उघाउने भाँडो | लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो | ||
पन्युँ | भात चलाउन वा पस्किन प्रयोग गरिने भाँडो | दाबिलाका छाँटको प्रायः धातुको भाँडो | ||
तसला | भात पकाउन वा सामग्री राख्न प्रयोग गरिने भाँडो | फराकिलो पीँध र कोखा परेको खुला मुख हुने पित्तल, तामा आदिको भाँडो | ||
चिम्टा | आगो वा कुनै चीज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन | धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको साधन | ||
बेलना | रोटी बनाउने साधन | पीठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन | ||
कोर्याँसो | अचार, तरकारी बनाउने साधन | भुजुरी पार्ने धारिलो र ससाना प्वाल भएको धातुको दाँते साधन | ||
ओखल र मुसल | खाद्यपदार्थ कुट्न, पिस्न तथा मिसाउन प्रयोग गरिने साधन | मध्य भागमा खाल्डो परेको ढुङ्गा, काठ तथा धातुको औजार | ||
सिलौटो | मसला आदि पिँध्ने साधन | चेप्टो र सम्म परेको ढुङ्गो | ||
लोहोरो | सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने साधन | फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण |
नाम | अन्य नामहरू | उद्देश्य | डिजाइन | तस्विर |
---|---|---|---|---|
थाल | खाना खान प्रयोग गरिने भाँडो | स्थाले फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो | ||
बटुको | खाना खान प्रयोग गरिने भाँडो | चिया वा तरकारी खाँदा प्रयोग गरिने कटौरो | ||
लोटा | पानी राख्ने काममा प्रयोग गरिने भाँडो | |||
अम्खोरा | बिट फर्की मुख केही सानो भएको पेट फुकेको, पानी खाने भाँडो | |||
करुवा | पानी खान प्रयोग गरिने टुटी भएको भाँडो | |||
चम्चा | खाना खान प्रयोग गरिने एक प्रकारको साधन | |||
गिलास | पानी वा अन्य पेय पदार्थ पिउनका लागि प्रयोग गरिने भाँडो | |||
मग | पानी वा अन्य पेय पदार्थ पिउनका लागि प्रयोग गरिने भाँडो |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.