नेपालको जनआन्दोलन २०४६
From Wikipedia, the free encyclopedia
नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो।[2] यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली काङ्ग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए।[3] ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए।[4] यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो।[5]
को भाग | |
मिति | वि.सं. २०४६ फागुन ७ - वि.सं. २०४६ चैत २६[1] |
---|---|
सहभागी | नेपाली काङ्ग्रेस |
परिणाम | नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना, पञ्चायती व्यवस्थाको खारेज |
वि.सं. २०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो।[6]