नानकिङ सन्धि
From Wikipedia, the free encyclopedia
नानकिङ सन्धि नानकिङ सन्धि बेलायत र चिङ वंशवीच पहिलो अफिम युद्ध अन्त्य गर्न २९ अगस्ट १८४२ मा हस्ताक्षर भएको शान्ति सम्झौता हो । चीनले यसलाई पहिलो असमान सन्धि मान्थ्यो ।
छरितो तथ्यहरू बेलायत तथा आयरल्यान्डको महारानी तथा चीनको सम्राटको बीच शान्ति, मैत्री तथा व्यापार सन्धि, हस्ताक्षर ...
बेलायत तथा आयरल्यान्डको महारानी तथा चीनको सम्राटको बीच शान्ति, मैत्री तथा व्यापार सन्धि[1] | |
---|---|
हस्ताक्षर | २९ अगस्ट १८४२ (1842-08-29) |
कार्यान्वयन | २६ जुन १८४३ (1843-06-26) |
पक्षहरु | |
भाषाहरू | अंग्रजी र चीनियाँ |
Treaty of Nanking at Wikisource |
बन्द गर्नुहोस्
चीनको शैन्य पराजयपछी ब्रिटिश जल्सेनाले नानकिङमा हमला गर्न अघि बढे र ब्रिटिश र चीनिया अधिकारी बीच वार्ता भयो । २९ अगस्टमा ब्रिटिश पतिनिधि सर हेनरी पोतिनगर र क्विङ प्रतिनिधिहरु क्वियिंग , यिलिबू, र निउ जियनए हस्ताक्षर गरे र यो सन्धिमा १३ धारा रहेको छ । यो सन्धि २७ अक्टोबरमा दोगुंग सम्राटले अनुमोदन गरे भने ब्रिटिश महारानी भिक्टोरियाले २८ डिसेम्बरमा अनुमोदन गरिन् । अनुमोदन साटफेरको काम २६ जुन १८४३ मा हङकङमा भयो यो सन्धिको एक प्रति ब्रिटिश सरकारले राखेको छ भने एक प्रति ताइवानको रास्ट्रिय प्यालेस सङ्ग्रहालय, ताइपेइमा छ ।