स्पेनिस फुटबलर From Wikipedia, the free encyclopedia
होसे इग्नासियो फर्नान्देस इग्लेसियास (स्पेनी उच्चारण: [xoˈse iɣˈnaθjo feɾˈnandeθ iˈɣlesjas] जन्म (१८ जनवरी १९९०) सामान्यतया नाचो (स्पेनी उच्चारण: [ˈnatʃo]) को रूपमा परिचित एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो रियल मड्रिडको लागि रक्षापङ्क्तिबाट खेल्छन्।[3]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | होसे इग्नासियो फर्नान्देस इग्लेसियास[1] | ||
जन्म मिति | [1] | १८ जनवरी १९९०||
जन्म स्थान | मड्रिड, स्पेन | ||
उचाइ | १.८० मिटर[2] | ||
खेल्ने स्थान(हरू) | रक्षापङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | रियल म्याड्रिड | ||
सङ्ख्या | ६ | ||
युवा करियर | |||
सन् १९९९–२००१ | एद कोम्पुत्लेन्स | ||
२००१–२००९ | रियल म्याड्रिड | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् २००९–२०१३ | रियल मड्रिड ख | १११ | (४) |
सन् २०११– | रियल म्याड्रिड | १२८ | (६) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् २००५ | १६ वर्ष मुनि | १ | (०) |
सन् २००६–२००७ | १७ वर्ष मुनि | ११ | (०) |
सन् २००८–२००९ | १९ वर्ष मुनि | ९ | (२) |
सन् २०११–२०१३ | २१ वर्ष मुनि | ६ | (०) |
२०१३– | स्पेन | २२ | (१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:५६, ४ अक्टोबर २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५ अक्टोबर २०१८ |
उनले आफ्नो सम्पूर्ण खेल हालसम्म रियल मड्रिडमा आबद्ध भई खेल्ने गरेका छन्[4] जहाँ उनले उक्त क्लबमा सन् २०११ मा, आफ्नो पहिलो खेल पस्केका थिए। क्लबमा रहँदा उनले हालसम्म विभिन्न पारितोषिक जितेका छन् जसमा ४ पटक प्रतिष्ठित युइएफए च्याम्पियन्स लिग समावेश छ।
नाचोले वरिष्ठ स्पेनी राष्ट्रिय टोलीको तर्फबाट पहिलो खेल सन् २०१३ मा, खेलेका थिए भने उनी सन् २०१९ को फिफा विश्वकपमा पनि टोलीको प्रतिनिधित्व गर्दै खेलहरू खेलेका थिए।
राजधानी मड्रिडमा जन्मेका नाचो ११ वर्षको उमेरमा रियल मड्रिडको युवा टोलीमा आबद्ध भएका थिए। उनले वरिष्ठ टोलीको तर्फबाट सन् २००८-०९ को सेगुन्दा दिभिस्यो ख संस्करणमा, पहिलो दुई खेल खेलेका थिए भने उनले त्यस प्रतियोगिताको आगामी दुई संस्करणमा पनि प्रदर्शन गरेका थिए। यस समयमा उनले भावी रूसी राष्ट्रिय टोलीका खेलाडी देनिस चेरीसेभसँग लामो समयसम्म स्थायी मित्रता कायम गरेका थिए।[5]
२३ अप्रिल २०११ मा, नाचोले टोलीको प्रतिनिधित्व गर्दै ला लिगामा प्रदापण गरेका थिए जहाँ उनले उक्त खेलमा प्रतिस्पर्धी भालेन्सिया फुटबल क्लबको विरुद्ध पुरै खेल खेलेका थिए।[6] उक्त खेलमा टोली ६–३ गोल अन्तरले विजयी भएको थियो। उनले आफ्नो दोस्रो खेल, रेआल सारागोसाको विरुद्धमा खेलेका थिए जहाँ टोली गृह मैदानमै २–३ गोल अन्तरले पराजित भएको थियो।[7]
सन् २०११-१२ अभियानको सुरुवात हुनुभन्दा अगाडि, उत्तर अमेरिकामा उनीहरूको ग्रीष्मकालीन मैत्रीपूर्ण खेलमा पहिलो टोलीसँगै छानिएका युवा टोलीमा नाचो पनि समावेश थिए। उनी लस एन्जलस ग्यालेक्सी, सेदे ग्वादलहारा र फिलाडेल्फिया युनियन लगायतका फुटबल क्लबको विरुद्धमा खेल खेलेका थिए जहाँ उनी सबै तीन खेलहरूमा विकल्पको रूपमा मैदान प्रवेश गरेका थिए।[8]
१ सेप्टेम्बर २०१२ मा, प्रमुख टोलीमा प्रवन्धक जुजे मोरिन्योले आल्बारो मोराता र जेसुस सहित उनलाई प्रमुख रियल मड्रिड क्लबमा पदोन्नति गर्ने घोषणा गरेका थिए[9] भने उनलाई केही समयको लागि कास्तियामै रहेर खेलहरू खेल्न निर्देशन दिइएको थियो।[10] उनी सन् २०१३–१४ को ला लिगाको संस्करण देखिनै क्लबमा प्रदर्शन गर्न सुरु गरेकम थिए जहाँ उनले स्पेनश्र खेलाडी राउल आल्बियोलको प्रस्थान पश्चात् १८ नम्बरको वर्दी लगाएका थिए।[11]
३ जुलाई २०१४ मा, नाचोले रियल मड्रिडको साथ एक नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए जहाँ उक्त सम्झौताले उनलाई सन् २०११ सम्म क्लबमै रहेर खेल खेल्न स्वीकृत गरेको थियो।[12] उनले क्लबको लागि पहिलो गोल एस्पान्योल फुटबल क्लबको (स्पेनी: RCD Espanyol) (उच्चारण: एर्रेसेदे एस्पान्योल) विरुद्धमा गरेका थिए जहाँ टोलीले उक्त खेलमा घरेलु मैदानमा ३–० को जित दर्ता गरेको थियो।[13]
दुई मिनेट पश्चात्, घाइते भएका मार्सेलुलाई प्रतिस्थापन गर्दै नाचो युइएफए च्याम्पियन्स लिगको समूह चरणमा पेरिस सेन्ट जर्मेनको विरुद्ध मैदान प्रवेश गरेका थिए।[14][15][16] उनले ३ नोभेम्बर २०१५ मा, टोलीको प्रतिनिधित्व गर्दै निर्णायक गोल गरेका थिए जहाँ टोली युइएफए युरोकपको अर्को चरणमा प्रवेश गर्न सफल भएको थियो।[17] प्रतियोगितामा यो उनको पहिलो गोल थियो। प्रतियोगिताको अन्त्य सम्ममा, उनले क्लबको तर्फबाट पाँचवटा खेलहरू खेलहरू खेलेका थिए।[18]
११ फेब्रुअरी २०१७ मा, नाचोले रियल मड्रिडको तर्फबाट आफ्नो १००औँ उपस्थिति बनाएका थिए जहाँ उक्त खेल टोलीले सेआ ओसासुनाको विरुद्धमा ३–१ ले जितेको थियो। चोटपटकबाट निलम्बन भएका खेलाडीहरूको विकल्पमा उनले खेलको फाइदा उठाउँदै केन्द्रीय-मध्यपङ्क्तिको स्थितिमा सबैभन्दा बढी उपस्थिति जनाउने खेलाडी बन्न सफल भएका थिए।[19] उनी सम्मिलित क्लबले पाँच वर्ष पश्चात्, ला लिगाको उपाधि जितेको थियो। उनले च्याम्पियन्स लिगमा चार खेलमा प्रदर्शन गरेका थिए जसलाई पुन: टोलीले आफ्नो पक्षमा पार्न सफल भएको थियो।[20]
२१ जनवरी २०१८ मा, नाचोले देपोर्तिबो दे ला कोरून्याको विरुद्धमा टोली ७–१ ले विजयी हुँदा पहिलो पटक खेलमा दुई गोल गर्न सफल भएका थिए। [21]उक्त वर्षको च्याम्पियन्स लिगको अभियानमा उनले एक गोल गर्दै आठवटा खेलहरूमा सहभागी बनेका थिए। रियल मड्रिडले यस प्रतिष्ठित क्लब स्तरीय प्रतियोगितालाई लगातार तेस्रो र समग्रमा १३ पटक जित्दा, लिभरपूलको बिरूद्ध निर्णायक खेलमा उनले घाइते दानि कार्बाहालको सट्टामा मैदान प्रवेश गरेका थिए[22] जहाँ उनले दायाँ रक्षापङ्क्तिको रूपमा खेलमा प्रदर्शन गरेका थिए। टोलीले खेल ३–१ ले जित्दै उपाधि चुम्न सफल भएको थियो।[23]
सन् २०१९–२० को संस्करणमा, उनी घाइते भएका थिए जहाँ उनले ला लिगा खेलमा मड्रिडको तर्फबाट जम्मा ६ उपस्थिति जनाएका थिए। उनको कम उपस्थितिको बाबजुद पनि टोलीले सन् २०१९–२० ला लिगाको उपाधि जित्ज सफल भएको थियो।[24][25]
उनले प्रारम्भिक चरणमा, स्पेन राष्ट्रिय फुटबल टोलीको लागि युवा टोली अन्तर्गत खेलहरू प्रस्तुत गरेका थिए।[26] उनी वरिष्ठ टोलीमा बढुवा हुनु पूर्व स्पेनको १५, १६, १९ र २१ वर्ष मुनिको राष्ट्रिय टोलीमा आवद्ध थिए जहाँ उनले सन् २००७ मा दक्षिण कोरियामा भएको १७ वर्ष भन्दा मुनिको युरोपेली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।[27] उक्त खेलमा टोली उप-विजेता बनेको थियो। सन् २०१३ मा, उनी २१ वर्ष मुनिको टोलीको लागि खेल खेलेका थिए।[28] सन् २०१३ मा, इजरायलमा भएको युरोपेली प्रतियोगितामा, टोलीले फाइनल खेलमा, इटालीलाई पराजित गर्दै उपाधि हात पारेको थियो।[29]
२ सेप्टेम्बर २०१३ मा, इन्यिगो मार्तिनेसको घाइते भएसँगै, स्पेनी वरिष्ठ टोलीको नयाँ सदस्यहरूको घोषणा गरिएको थियो जहाँ उनलाई खेलमा चयन गरिएको थियो।[30] २०१४ फिफा विश्वकपको लागि भएको मैत्रीपूर्ण खेलमा उनले चिली र फिनल्यान्डको विरुद्धमा आफ्नो पहिलो दुई खेलहरू खेलेका थिए।[31] उनले १० सेप्टेम्बरमा, टोलीको लागि पहिलो खेल चिलीको विरुद्धमा खेलेका थिए जहाँ उनले उक्त खेलमा, सेर्हियो रामोसलाई प्रतिस्थापन गर्दै दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।[32] खेल २-२ को बराबरीमा टुङ्गिएको थियो। त्यसको दुई वर्ष पश्चात्, अथवा अक्टोबर २०१५ मा, नाचो पुन: खेलाडीहरूको सूचीमा घाइते भएका रामोसलाई प्रतिस्थापन गर्दै अटाएका थिए।[33] उनले दोस्रो खेल, युक्रेनको विरुद्धमा खेलेका थिए। रामोस अर्को खेलमा पुन: घाइते भएपछि उनी टोलीमा रहेक थिएर तथापि, उनले खेल भने प्रस्तुत गरेका थिएनन्।[34] सन् २०१६ मा, उनी वरिष्ठ खेलाडीहरूको सूचीमा अटाउन सफल भएका थिए। नाचोले आगामी दुई खेलहरू, इटाली र रोमानियाको विरुद्धमा खेलेका थिए। हुलेन लोप्तेगीको आगमनसँगै उनी टोलीको नियमित सदस्यको रूपमा रहेका थिए जहाँ उनले त्यस पछिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए। २१ मे २०१८ मा, उनलाई रूसमा हुने आगामी फिफा विश्वकपमा[35] नियमित खेलाडीको रूपमा छनोट गरिएको थियोे जहाँ उनी छनोट भएका २३ खेलाडीहरूको सूचीमा अग्रस्थानको रक्षापङ्क्तिको खेलाडीको रूपमा रहेका थिए।[36] १५ जुन २०१५ मा, पुर्तुगालको विरुद्ध परेको एक प्रतिस्पर्धात्मक खेलमा उनले एक गोल गरेका थिए जहाँ खेल ३-३ को बराबरीमा टुङ्गिएको थियो।[37]
नाचो, बचाव तरिका र आफ्नो बहुमुखी प्रतिभाको लागि परिचित छन्। मड्रिडका प्रशिक्षक हुलेन लोप्तेगी र जिनेदिन जिदानले उनलाई एक मध्य, दायाँ र बाँया रक्षापङ्क्तिको खेलाडीको प्रयोग गर्ने गर्दथे। फुटबलमा आफ्नो सीपको कारण उनी भरपर्दो विकल्पको रूपमा अघि देखिन्छन्। उनी एक तेज, फुर्तिलो र चोटपटक मुक्त रक्षापङ्क्तिको खेलाडीको रूपमा पनि परिचित छन्।[38]
आफ्नो प्रतिरक्षात्मक कौशल बाहेक, नाचो छोटो र लामो दुरी दुबै बलको एक सक्षम नियन्त्रक समेत हन्। उनले सन् २०१७–१८ को ला लिगाको संस्करणमा, ९२.२% पास पुरा गरेका थिए। सोही संस्करणमा, उनले पाँच गोल गरेका थिए।[39]
नाचोमा भाई आलेक्स पनि एक फुटबल खेलाडी हुन्।[40] रक्षात्मक मध्यपङ्क्ति वा रक्षापङ्क्तिको रूपमा खेल्दै आएका उनी स्थानिय फुटबल प्रशिक्षण केन्द्रमा तालिम लिएका थिए। उनी र उनका भाई दुबैले, एउटै खेलबाट पहिलो खेल खेल खेलेका थिए। [41] रियल मड्रिडकोको प्रशिक्षण केन्द्रमा भर्ना भएदेखि नै नाचो ठूलो चोटपटकबाट जोगिन सफल भएका छन् र उनको सफलतालाई उनको खानपान र तयारीको लागि जिम्मेवार ठहराइएको थियो।[42] श्रीमती मारिआ कोर्तेसको साथ उनको एक छोरी र दुई छोरा छन्। नोभेम्बर २०१६ मा, नाचोले १२ वर्षको उमेरदेखि उनले मधुमेह भएको कुरा खुलासा गरेका थिए।[43][44]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.