नवदुर्गा
From Wikipedia, the free encyclopedia
नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकोा शास्त्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/54/Neuf_Durga.jpg/320px-Neuf_Durga.jpg)