![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c1/Nandieshvara.jpg/640px-Nandieshvara.jpg&w=640&q=50)
नन्दी
From Wikipedia, the free encyclopedia
नन्दी हिन्दू धर्मका अनुसार कैलाशका द्वारपाल तथा भगवान शिवका वाहान हुन्। नन्दी साँढेको रूपमा शिवमन्दिरहरूमा प्रतिष्ठित गरिन्छन्। संस्कृतमा नन्दिको अर्थ प्रसन्नता व आनन्द भन्ने बुझिन्छ। नन्दीलाई शक्ति-सम्पन्नता र कर्मठताको प्रतीक मानिन्छ।
छरितो तथ्यहरू नन्दी, देवनागरी ...
बन्द गर्नुहोस्
शैव परम्परामा नन्दिलाई नन्दिनाथ सम्प्रदायका मुख्य गुरु मानिन्छ, नन्दीका ८ शिष्यहरू छन्- सनक, सनातन, सनन्दन, सनत्कुमार, तिरुमूलर, व्याघ्रपाद, पतंजलि, र शिवयोग मुनि। यि आठ शिष्य आठ दिशामा शैवधर्मको प्रचार गर्नको लागि पठाइएका थिए।