धनुष बाण
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
धनुष बाण एक प्रकारको ऐतिहासिक हतियार प्रणाली हो जसमा एउटा लचकदार धनुष र लामो आकारको पातलो बाण (तीर) हुन्छ। धनुष बाण खेल खेल्नको लागि धनुषको उपयोग गरेर बाण चलाउनको लागि कला, अभ्यास र कौशलको आवश्यकता हुन्छ। एउटा व्यक्ति जसले धनुषको उपयोग गरेर बाण चलाउँछ त्यसलाई धनुर्धारी भन्ने गरिन्छ।[1][2][3][4]
धनुषको सहयोगले बाण चलाउने कला धेरै प्राचीन छ जसको चलन आजपनि खेलको माध्यमले हूँदै आएको छ। आहार र आत्मरक्षाको लागि संसारको सबै भागहरूमा अन्य हथियारहरूको अपेक्षा धनुष-बाणको प्रयोग सबैभन्दा बढी र व्यापक रूपमा भएको छ। आदिकालदेखि १६औँ शताब्दीसम्म धनुष बाण मनुष्य जातिको लागि सहायक रहेको छ।
नेपालको थकाली जाति, मगर जाति र सन्थाल जातिका मानिसहरू धनुष बाण चलाउन सिपालु हुन्छन्।[5][6]नेपालमा विभिन्न सांस्कृतिक महोत्सव तथा कला कार्यक्रमहरूमा धनुष बाण प्रतियोगिताको आयोजना हुने गरेको छ।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.