धनकुटा नगरपालिका
From Wikipedia, the free encyclopedia
धनकुटा नेपालको कोशी प्रदेश मा पर्ने धनकुटा जिल्लाको सदरमुकाम[3] तथा एक नगरपालिका हो। नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको यो नगरपालिका धनकुटा जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। पूर्वी नेपालको सुन्दर नगरी धनुकटा राणाकालदेखि नै धनकुटा गौँडा भई प्रसिद्धि पाएको थियो।[4]
धनकुटा | |
---|---|
निर्देशाङ्क: २६°५९′०″उ॰ ८७°२०′०″पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा |
नगर पञ्चायत | वि.सं. २०३५ माघ १५[1] |
समावेश गाउँ पञ्चायत | चुलिवन, धनकुटा बजार र निगाले |
सम्मिलित (गाविस) | भिरगाउँ र बेलहरा |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८[2] |
सरकार | |
• मेयर | चिन्तन तामाङ्ग |
• उप मेयर | शकुन्तला बस्नेत |
क्षेत्रफल | |
• जम्मा | १११ किमी२ (४३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३६६१९ |
• घनत्व | ३३०/किमी२ (८५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | ५६८०० |
क्षेत्रीय सङ्केत | ०२६ |
वेबसाइट | dhankutamun.gov.np |
नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन धनकुटा बजार, निगाले र चुलिवन गाउँ पञ्चायत मिलाएर धनकुटा नगर पञ्चायत बनाएको थियो। यो नगर धनकुटा जिल्लाकै पहिलो नगरपालिका समेत हो।[5] धनकुटालाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन भिरगाउँ तथा बेलहरा गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।[6]
पुरानो इतिहास बोकेको यस नगरको उत्तरतिरका जिल्लाहरू भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायत धनकुटा जिल्लाका प्रायः सबै गाउँपालिका तथा नगरपालिकाहरूको लागि यो नगरले व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ।[7][8][9]