From Wikipedia, the free encyclopedia
दुर्गा पूजा (बङ्गाली: দুর্গা পূজা; जसलाई दुर्गोत्सव वा शारोदोत्सव पनि भनिन्छ) एक वार्षिक हिन्दू चाड हो। यो पूजा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले मनाइने गरिन्छ। यो विशेष गरी भारतीय उपमहाद्वीप वा दक्षिण एसियामा मनाइने एक वार्षिक हिन्दू पर्व हो।[2][3]यो पूजा १० दिनको हुने गर्छ तर यो पूजाको अन्तिम ६ दिन फूलपाती, षष्ठी, महासप्तमी, महाअष्टमी, महानवमी र विजयदशमी विशेष हुन्छ। दुर्गा पूजा मनाइने तिथि पारम्परिक हिन्दू पञ्चाङ्ग अनुसार निर्धारण गरिन्छ।[4]
दुर्गा पूजा | |
---|---|
अनुयायी | नेपाली, बङ्गाली, ओडिया, मैथिल,[1] र आसामी समुदाय |
पूजा रङ | रातो |
प्रकार | हिन्दू |
उत्सव | हिन्दू देवताहरूको पूजा, पारिवारिक र अन्य सामाजिक जमघट, किनमेल र उपहार आदानप्रदान, भोज, "पण्डाल" भ्रमण, र सांस्कृतिक कार्यक्रम |
परिपालन | देवी दुर्गाको औपचारिक पूजा |
प्रारम्भ | मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि |
समापन | मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि |
मिति | बहु-दिन |
आवृत्ति | वार्षिक |
सम्बन्धित | महालय, नवरात्रि, विजयादशमी |
पूर्वी नेपालदेखि पश्चिम नेपाल, हिन्दू बहुल बङ्गलादेशी क्षेत्रहरू, पश्चिम बङ्गाल, असम, बिहार, झारखण्ड, मणिपुर, ओडिशा र त्रिपुरा आदि भारतीय राज्यहरूमा व्यापक रूपले दुर्गा पूजा मनाइने गरिन्छ। यस समय पाँच दिनको वार्षिक विदा हुने गर्दछ।[5] नेपाली, बङ्गाली र आसामी हिन्दूहरूको बाहुल्य भएको क्षेत्रहरूमा यो वर्षकै सबैभन्दा ठूलो उत्सव मान्ने गरिन्छ।
भारतमा दुर्गा पूजाको उत्सव दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, गुजरात, पञ्जाब, कश्मीर, आन्ध्र प्रदेश, कर्नाटक र केरल राज्यमा समेत मनाइने गरिन्छ। दुर्गा पूजाको उत्सव ९१% हिन्दू जनसङ्ख्या भएको नेपाल र ८% हिन्दू जनसङ्ख्या भएको बङ्गलादेशको सबैभन्दा ठूलो चाड हो। वर्तमान समयमा विभिन्न प्रवासी नेपाली, आसामी र बङ्गाली सांस्कृतिक सङ्गठनहरूले संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, सिङ्गापुर र कुवेत सहित विभिन्न देशहरूमा आयोजित गराउने गर्दछ।[6]
सन् २०२१ डिसेम्बरमा कोलकाताको दुर्गा पूजालाई युनेस्कोले अमूर्त सांस्कृतिक धरोहरको सूचीमा सामेल गरेको थियो।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.