From Wikipedia, the free encyclopedia
दुर्गा घिमिरे (अङ्ग्रेजी: Durga Ghimire)[1] एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ ।[2][3] सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स (अर्थशास्त्र) र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।
दुर्गा घिमिरे | |
---|---|
चित्र:Durga Ghimire.jpg | |
जन्म | मे १२, १९४८ बिराटनगर, मोरङ, नेपाल |
नागरिकता | नेपाली |
पेशा | सामाजिक कार्यकर्ता |
धर्म | हिन्दु |
जीवनसाथी | जगदीश घिमिरे(वि.सं. २००२-२०७०) |
मातापिता | बुवा गणेश आचार्य आमा शान्ता आचार्य |
वेबसाइट | http://abcnepal.org.np/biography-of-mrsdurga-ghimire |
सामाजिक कार्यकर्ता हुनुका साथै उहाँ लेखक पनि हुनुहुन्छ । उहाँले केही साहित्यिक पुस्तक र महिला, महिला स्वास्थ्य बेचविखन, सुरक्षित बसाइँसराइ आदि जस्ता बिषयमा धरै लेखहरू लेख्नुभएको छ ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.