![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cf/United_Arab_Emirates_location_map.svg/langne-640px-United_Arab_Emirates_location_map.svg.png&w=640&q=50)
दुबई अन्तर्राष्ट्रिय विमानस्थल
From Wikipedia, the free encyclopedia
दुबई अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: DXB, आइसिएओ: OMDB) (अरबी: مطار دبي الدولي) संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको यस सहरको प्राथमिक अन्तर्राष्ट्रिय विमानस्थल र विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हो।[4] यो मध्य पूर्वको एउटा प्रमुख विमानस्थल हुनुका साथै दुबईको प्रमुख विमानस्थल हो।[5] यात्रु यातायातको हिसाबले यो विश्वकै पाँचौँ व्यस्त विमानस्थल हो[6] भने मालसामान ढुवानी गर्ने व्यस्त विमानस्थलहरूको श्रेणीमा यो छैटौँ स्थानमा रहेको छ। यो विमानस्थल दुबईको मुख्य सहरी क्षेत्रबाट ४ किमी (२.५ माइल) दक्षिण-पूर्व दिशामा अल गर्हौद जिल्लामा अवस्थित छ।[7] यो विमानस्थलको सञ्चालन दुबई विमान प्राधिकरणले गर्दछ। यो विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवाहरू इमिरेट्स, फ्लाइदुबई, फेडएक्स एक्सप्रेसको गृह विमानक्षेत्र हो।[8][9] सन् २०१७ मा दुबई विमानस्थलले जम्मा ४,०९,४९३ वायुसेवा अवतरण, ८८ मिलियन यात्रुहरू र २.६५ मिलियन मालसामान ओसार पोसार गरेको थियो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल مطار دبي الدولي Maṭār Dubayy al-Duwalī | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||||||
![]() | |||||||||||||||
विवरण | |||||||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||||||
मालिक | दुबई सरकार | ||||||||||||||
सञ्चालक | दुबई विमानस्थल कम्पनी | ||||||||||||||
सेवा गर्ने स्थान | दुबई, संयुक्त अरब इमिरेट्स | ||||||||||||||
विमान हब |
| ||||||||||||||
उचाइ समुद्री सतह | ६२ ft / १९ मी | ||||||||||||||
निर्देशाङ्क | २५°१५′१०″उ॰ ०५५°२१′५२″पू॰ | ||||||||||||||
वेबसाइट | dubaiairports.ae | ||||||||||||||
नक्सा | |||||||||||||||
सअइमा स्थान | |||||||||||||||
धावनमार्ग | |||||||||||||||
| |||||||||||||||
तथ्याङ्कहरू (२०१९) | |||||||||||||||
| |||||||||||||||
९० मिलियन यात्रुहरूलाई वार्षिक रूपमा सेवा दिने क्षमता रहेको यस विमानस्थलले सन् २०१६ जनवरी अनुसार, मानव बसोबास रहेको सबै महादेशहरूको २७० गन्तव्यमा १४० विमानहरूद्वारा साप्ताहिक ७,७०० हवाई उडान सेवा दिएको थियो।[10] सन् २०१८ मा यो विमानस्थल उपयोग गर्ने ६३% भन्दा यात्रुहरू यसलाई मध्यस्थ विमानस्थलको रूपमा प्रयोग गरेका थिए। [11] दुबईको अर्थव्यवस्थामा दुबई अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्वपूर्ण योगदान रहेको छ, किनभने यो विमानस्थलले लगभग ९०,००० व्यक्तिहरूलाई रोजगारी दिएको छ। यसले दुबईको अर्थव्यवस्थामा अमेरिकी $ २६.७ बिलियनभन्दा बढी योगदान दिने गर्दछ, जुन दुबईको जिडिपीको लगभग २७ प्रतिशत र दुबईमा २१% रोजगारीको अवसर सिर्जना गर्दछ।[12]