![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Deepika_Padukone_Cannes_2018_%2528cropped%2529.jpg/640px-Deepika_Padukone_Cannes_2018_%2528cropped%2529.jpg&w=640&q=50)
दीपिका पादुकोण
भारतीय अभिनेत्री र मोडल / From Wikipedia, the free encyclopedia
दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री एवं मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्। उनले आफ्नो जीवनयात्रा बलिउडमा स्थापित गरिसकेकी छिन् र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन्।
दीपिका पादुकोण (English: Deepika Padukone) | |
---|---|
![]() सन् २०१८ मा पादुकोण | |
जन्म | (१९८६-०१-०५)जनवरी ५, १९८६[1][2] कोपनहेगन, डेनमार्क |
पेशा | अभिनेत्री |
कार्यकाल | २००४–वर्तमान[3] |
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी) [4] |
जीवनसाथी | रणवीर सिंह[5] |
पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन। उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो। बाल्यवस्थामा उनले राष्ट्रियस्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फेसन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन्। मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन्। सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन्। पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओमबाट गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो। पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा कमाइन्। साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नकारात्मक समीक्षा पाएको थियो।
सन् २०१२ मा प्रदर्शित बक्स अफिस हिट ककटेल चलचित्रले उनको अभिनय यात्रामा आयाम त थप्यो नै उनको अभिनयलाई सम्मान प्रदान गर्दै विभिन्न पुरस्कार समारोहमा उत्कृष्ट अभिनेत्रीको लागि नामाङ्कन समेत गराएको थियो। त्यसपछि उनी ये जवानी है दीवानी (२०१३), चेन्नई एक्सप्रेस (२०१३) र ह्याप्पी न्यू इयर (२०१४) जस्ता हाँस्य चलचित्र जुन सबैभन्दा बढी कमाइ गर्ने बलिउड चलचित्र रहेका थिए त्यस्ता चलचित्रमा मुख्य महिला पात्रको अभिनय गरेर बलिउडमा आफ्नो स्थान जमाइन्। उनले सन् २०१३ मा गोलियों की रासलीला राम-लीला नामक चलचित्रमा दमदार अभिनय गरेर सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार जितेकी थिइन्।
अभिनय क्षेत्र बहेक पादुकोण रङ्गमञ्चमा भाग लिने गरेकी छिन् साथै उनले एक भारतीय पत्रिकाको लागि लेख समेत लेखिसकेकी छिन्। यस बाहेक उनले विभिन्न ब्रान्ड र उत्पादनको लागि स्थायी रूपमा विज्ञापन गर्ने गरेकी छिन्। महिलाको हक तथा अधिकारको लागि पनि उनले बेला बखत आवाज उठाउने गरेकी छिन्।