![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/62/Delhi_University%2527s_official_logo.png/640px-Delhi_University%2527s_official_logo.png&w=640&q=50)
दिल्ली विश्वविद्यालय
दिल्ली विश्वविद्यालय (अङ्ग्रेजी:University of Delhi), भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्य / From Wikipedia, the free encyclopedia
दिल्ली विश्वविद्यालय (अङ्ग्रेजी:University of Delhi), भारत सरकार द्वारा वित्त पोषित एक केन्द्रीय विश्वविद्यालय हो र भारतको राजधानी दिल्लीमा अवस्थित छ। सन् १९२२ मा स्थापित यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर स्तरको निम्ति पाठ्यक्रम उपलब्ध गराउँछ। भारतका उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी विश्वविद्यालयका कुलपति हुन्। THES-QSको विश्वका विश्वविद्यालयहरूको रैंकिंग अनुसार यो भारतको शीर्ष गैर-आईआईटी विश्वविद्यालय हो। दिल्ली विश्वविद्यालयका दुई परिसर छन् जो दिल्लीका उत्तरी र दक्षिणी भागमा स्थित छन् र जसलाई क्रमश:उत्तरी परिसर र दक्षिणी परिसर भनिन्छ। दिल्ली विश्वविद्यालयको उत्तरी परिसरमा दिल्ली मेट्रोको पहेंलो लाईनसॅग जोडिएकोछ र मेट्रो स्टेशनको नाम विश्वविद्यालय हो। उत्तरी परिसर दिल्ली विधानसभा देखि २.५ किमी र अन्तरराज्यीय बस अड्डादेखि ७ किलोमीटर टाडा छ।
![]() | |
आदर्श वाक्य | निष्ठा धति: सत्यम् |
---|---|
प्रकार | सार्वजनिक |
स्थापना | १९२२ |
सम्बन्धन | यूजीसी |
कुलपति | भारतका उपराष्ट्रपति |
शैक्षिक कर्मचारी | १४[1] |
विद्यार्थीहरू | २,२०,०००[1] |
स्थान | , |
क्याम्पस | शहरी |
उप-कुलपति | दीपक पेन्टल |
वेबसाइट | www.du.ac.in |