दक्षिणी एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा दक्षिण एसिया क्षेत्रमा रहेका ६ वटा देशहरूको ६० वटा सम्पदालाई विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अफगानिस्तान, भारत, नेपाल, श्रीलङ्का, पाकिस्तान तथा बङ्गलादेश रहेका छन् । दक्षिण एसियामै रहेको भुटान र माल्दिभ्सको कुनै सम्पदालाई युनेस्कोले हालसम्म मान्यता दिएको छैन ।[1][2] यस क्षेत्रमा रहेको भारतको सबैभन्दा बढी ३७ (६औँ क्रम विश्वव्यापी) सम्पदा सूचीकृत गरिएको छ ।[3] यस क्षेत्रबाट सबैभन्दा पहिले काठमाडौँ उपत्यका तथा सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेको थियो ।[4]