तास (खेल)
From Wikipedia, the free encyclopedia
तास कागज अथवा प्लाष्टिकले बनेको खेल्ने चक्की हो। तासका हुकुम, पान, चिडी र इँट्टा गरेर चारवटा रङ हुन्छन्। प्रत्येक रङहरूमा एक्कादेखि तेह्र पत्ती हुन्छन् तथा गुलाम, मिसी, बादशाह आदिका चित्रसमेत हुन्छन्। खास गरेर विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्कीलाई तास भनिन्छ। खेल्न सजिलो होस् भनेर तासको आकार हत्केला जत्रो बनाइएको हुन्छ। तासलाई विभिन्न प्रयोगमा ल्याएको देखिन्छ। कसैले त तासबाट ज्योतिषी गरेको देखिन्छ। यसलाई जुआडीहरूले जुआ खेल्नको लागि प्रयोग गरेको पनि देखिन्छ। कतिपय जादुगरहरूले जादुको खेल देखाउनको लागि पनि तासको प्रयोग गर्दछन्। तासको प्रत्यक पत्तिको बाहिर पट्टीको भाग उस्तै उस्तै हुन्छ। खेलाडीहरूले फूल अथवा बुट्टा भएको भाग आफुले मात्र देख्ने गरेर समातेका हुन्छन्।