नेटाली क्याट्रिन नाइडहर्ट-विलसन (जन्म: २७ मे १९८२) एक क्यानडेली-अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको मा कार्यरत छिन् जहाँ उनी नेटालिया नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्यूडब्ल्यूईमा दुईवटा च्याम्पियनसिप जितेकी छिन् जसमा उनी एक पटक डिभास विजेता र एकपटक स्म्याकडाउन महिला विजेता बनेकी छिन्।

Thumb

नाइडहर्ट तेस्रो पुस्ताको पहिलो महिला कुस्ती खेलाडी हुन् र उनी हर्ट कुस्ती परिवारकी एक सदस्य पनि हुन्। उनले हर्ट परिवार अन्तर्गतका आफ्ना काकाहरू रोज र ब्रुस हर्टमार्फत कुस्तीको प्रशिक्षण लिएकी थिइन्। सन् २०००२००१ मा उनले म्याट्रेस कुस्ती शिक्षण केन्द्र गई आफ्नो कुस्ती खेललाई पदोन्नति गरेकी थिइन् भने उनले सन् २००३ मा स्ट्यामपेड रेस्लिङमा पर्दापण गरेकी थिइन्। सन् २००४ देखि २००५ सम्म नाइडहर्टले दुवै इङ्ल्यान्डजापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा कुस्ती खेलेकी थिइन्। सन् २००५ जुनमा उनी पहिलो स्ट्यामपेड महिला प्यासिफिक विजेता बन्न सफल भएकी थिइन् र त्यसै गरि उनले सन् २००६ अक्टोबरमा सुपरगर्ल्स च्याम्पियनसिप पनि जितेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.