डब्ल्युडब्ल्युई र महिला उपाधि विजेताहरूको सूची
From Wikipedia, the free encyclopedia
डब्ल्युडब्ल्युई र महिला उपाधि अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईद्वारा निर्माण गरिएको महिला उपाधि हो जसलाई हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र रमा राखिएको छ। यो डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउन र रका साथै विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत महिला कुस्ती खेलाडीहरूका लागि शीर्ष एकल उपाधि रूपमा परिचि छ। हाल यस उपाधिकी विजेता बेकी लिन्च हुन जसले यस उपाधिका पहिलो सन् २०१९ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियामा जित्न सफल भएकी थिइन्।
यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्युडब्ल्युईमा भित्र्याइएको थियो भने यस उपाधि एक दशकदेखि डब्ल्युडब्ल्युईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिलाई सार्लेट फ्लेयरले जित्न सफल भएकी थिइन्। सन् २०१६ को रेसलमेनिया पश्चात् यस उपाधिलाई डब्ल्युडब्ल्युई महिला उपाधिबाट नामसारी गरी डब्ल्युडब्ल्युई र महिला उपाधि बनाइएको थियो जसकारण पछि स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधिलाई पनि भित्र्याइएको थियो। सन् २०१९ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीबाट एनएक्सटी महिला उपाधिलाई पनि डब्ल्युडब्ल्युईको महिला विभाग अन्तर्गत ल्याइएको थियो। डब्ल्यूयब्ल्यूई र महिला उपाधि डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रमा स्म्याकडाउन महिला उपाधिका साथ हेल इन अ सेलमा दाउमा लगाइएको थियो जसले यस पदोन्नतिमा इतिहास रच्न सफल भएको थियो।
सन् २०२० मार्च २७ का अनुसार हालसम्म यस उपाधिलाई १५ पटक ७ महिला खेलाडीहरूद्वारा हासिल गरिएको छ। सार्लेट फ्लेयर यस उपाधि जित्ने पहिलो विजेता हुन् भने उनले र सासा बेङ्क्सले यस उपाधिलाई समान ४ पटक जित्न सफल भएका छन्। यस उपाधिकी वर्तमान विजेता बेकी लिञ्च हुन भने उनले यस उपाधिलाई सन् २०१९ अप्रिलमा आयोजित रेसलमेनियाको ३५औँ श्रृङ्खलामा सार्लेट र रोन्डा राउजीलाई एकै खेलमा पराजित गर्दै पहिलोपटक जित्न सफल भएकी थिइन्। हाल उनले यस उपाधिलाई सर्वाधिक लामो समयसम्म कायम राख्ने महिला खेलाडी पनि बन्न सफल भएकी छिन् भने उनले यस उपाधि ३५४ दिन भन्दा बढी समयसम्म कायम राख्न सफल भएकी हुन्। यस उपाधिकी सबैभन्दा छोटो समयसम्मकी विजेता सासा बेङ्क्स हुन जसले यस उपाधिलाई मात्र ८ दिनसम्म कायम राख्न सफल भएकी थिइन्। यस उपाधि विजेता अलेक्सा ब्लिस समग्रमा सबैभन्दा लामो समयसम्म विजेता रहन सफल खेलाडी हुन् जसले यस उपाधिलाई दुईपटक जित्दै ३९८ दिनसम्म कायम राखेकी थिइन्। यस उपाधिकी सबै वृद्ध विजेता नाया ज्याक्स हुन जसले ३३ वर्षको उमेरमा यस उपाधस जित्न सफल भएकी थिइन् भने उनले यस उपाधि एकपटक जितेकी थिइन्। यसको साथसाथै सासा बेङ्क्स सबैभन्दा सानो उमेर विजेताको रूपमा परिचित छिन् जसले २४ वर्षको उमेरमा यस उपाधिलाई पहिलो जित्न सफल भएकी थिइन्।