![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/12/Garment_Workers_on_Strike%252C_New_York_City_circa_1913.jpg/640px-Garment_Workers_on_Strike%252C_New_York_City_circa_1913.jpg&w=640&q=50)
ट्रेड युनियन
From Wikipedia, the free encyclopedia
ट्रेड युनियन (अङ्ग्रेजी: Trade union) मजदुरहरूको सङ्गठन हो, जसले सामूहिक रूपमा सामूहिक सौदावाजी मार्फत उनीहरूको आपसी हितहरूको संरक्षण र प्रवर्धन गर्न खोज्दछ।[1] ट्रेड युनियन भनेको मजदुरहरूको अवस्था सुधार गर्ने उद्देश्यले गठन गरिएको मजदुरहरूको एक सङ्गठन हो। यो कामदारहरूको हितको रक्षाको लागि गठन गरिएको हो। मजदुरहरूको असङ्गगठित हुँदा उनीहरूसँग थोरै मोलतोल गर्ने क्षमता हुन्छ। वास्तवमा ट्रेड युनियन आन्दोलन पुँजीवादी प्रणाली अन्तर्गत केहि व्यवस्थापन द्वारा श्रमिकको शोषणको बिरूद्ध शुरू भएको थियो।[2] ट्रेड युनियनले मजदुरहरूलाई भुक्तानीको निष्पक्षता, राम्रो कार्य वातावरण, कामको घण्टा र सुविधाहरू जस्ता मुद्दाहरूमा मद्दत गर्दछन्। तिनीहरू कामदारहरूको समूह प्रतिनिधित्व गर्छन् र व्यवस्थापन र मजदुरहरू बीच एक मध्यस्थकर्ताको काम गर्छन्।[3]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/12/Garment_Workers_on_Strike%2C_New_York_City_circa_1913.jpg/640px-Garment_Workers_on_Strike%2C_New_York_City_circa_1913.jpg)
खासगरी औद्योगिक क्रान्तिको परिणामस्वरुप श्रमिकहरूको अधिकार न्यूनतम मानवीय व्यवहार सेवा तथा व्यवसायिक सुरक्षा जस्ता विषयहरूमा श्रमिकहरूमाथि गरिएको दमन र शोषणको प्रतिक्रिया स्वरुप ट्रेड युनियन श्रमिक सङ्गठनहरूको स्थापना भएको हो । ILO र कार्ल माक्सको योगदानले ट्रेड युनियन आन्दोलनलाई खास उचाइमा पुर्याउन र व्यवस्थापन गर्न सहयोग गर्यो । निलपोशी कामदारहरूको अधिकारको सुनिश्चितता र सेवाको सुरक्षामा केन्द्रित अवधारणा भएतापनि हाल श्वेतपोशी कामदारहरूको क्षेत्रमा पनि ट्रेड युनियनको अभ्यास हुन थालेको छ ।