ट्रिपल एच
अमेरिकी कुस्ती खेलाडी / From Wikipedia, the free encyclopedia
पल माइकल लेवेस्क (२७ जुलाई, १९६९), रिङ्ग नाम ट्रिपल एच (उनको मूल डब्ल्युडब्ल्युई को नाम को संक्षिप्त नाम हन्टर हार्स्ट हेम्स्लि) ले चिनिन्छन्, एक अमेरिकी व्यापार कार्यकारी पेशेवर कुस्ती खेलाडी र अभिनेता हुन् साथै उनी एनएक्सटीको संस्थापक र वरिष्ठ निर्माता पनि हुन्।
ट्रिपल एच | |
---|---|
जन्म | पल माइकल लेवेस्क (1969-07-27) जुलाई २७, १९६९ (उमेर ५४) न्यु होम्सपियर,अमेरिका |
वासस्थान | वेस्टर्न, अमेरिका |
पेशा | पेशेवर कुस्ती खेलाडी, अभिनेता |
कार्यकाल | १९९२-हालसम्म |
कामदार | डब्ल्यू.डब्ल्यू.ई. |
तलव | $२.८ मिलियन (२०१६) |
जीवनसाथी | स्टेफिनी म्याकमेन
( वि २००३) |
समकक्षी | चाईना (१९९६-२०००) |
सन्तान | ३ छोरी |
आफन्त | भिन्स म्याकमेन (ससुरा) लिन्डा म्याकमेन (सासू आमा) सेन म्याकमेन (जेठान) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | हन्टर मर्टस् हेम्स्लि जिन पल लेवेस्क टेरा राईजिङ ट्रिपल एच |
उचाई | ६ फिट ४ इन्च (१.९३ मी) |
तौल | २५५ पाउन्ड (११६ किग्रा) |
उत्पत्ति | बोस्टर्न ग्रिन विच |
प्रशिक्षक | किलर |
पदार्पण | २४ मर्च १९९२ |
वेबसाइट | WWE Corporate Bio |
परिवार | म्याकमेन परिवार |
लेवेस्कले सन् १९९२ मा आफ्नो रिङ नाम टेरा राईजिङ राख्दै इन्टरनेसनल रेस्लिङ फेडेरेसनमा आफ्नो पेशेवर कुस्ती कार्यकाल सुरु गरेका थिए जतिबेला उनी १९ वर्षका थिए।[1] सन् १९९४ मा उनी वल्ड च्याम्पियनसिप रेस्लिङमा आवद्ध भएका थिए जहाँ उनले आफ्नो रिङ नाम जिन पल लेवेस्क राखेका थिए। सन् १९९५ उनी वल्ड रेस्लिङ फेडेरेसनमा आवद्ध भएका थिए जहाँ उनले आफ्नो रिङ नामलाई हन्टर मर्टस् हेम्स्लिमा परिवर्तन गरिका थिए जुन पछि गएर छोट्करीमा ट्रिपल एचको बनेको थियो।[2] सन् १९९७ मा उनले र उनका साथी सन माइकल्सले मिलेर डि-जेनेरेसन एक्सको स्थापना गरेका थिए जुन डब्ल्यूडब्ल्यूएफको एक प्रमुख टोली बनेको थियो। एचले डब्ल्यूडब्ल्यूएफमा पहिलो च्याम्पियनसिप जितेपछि उनले डब्ल्यूडब्ल्यूएफमा अध्यक्ष भिन्स म्याकमेनको छोरी स्टेफिनी म्याकमेनसँग सन् १९९९ मा विवहा भएको थियो जसकारण उनी डब्ल्यूडब्ल्यूएफ कम्पनीमा मुख्य सचिव भएर काम गर्न पाएका थिए। प्रो रेस्लिङ टचका अनुसार ट्रिपल एच उत्तर अमेरिकाकै सबैभन्दा प्रख्यात र उत्कृष्ट रेस्लरका सुचिमा परेका छन्।[3]
स्टिफिनी म्यामेनसँग सन् २००३ मा कानुनी रूपमा विवहा गरेपछि उनी म्याकमेन परिवारका एक सदस्य बनेका थिए जसले जसले डब्ल्युडब्ल्युईको बहुमत स्वामित्व राख्छ। सन् २०११ एचले रिङमा कुस्ती खेल्ने क्रमलाई घटाउँदै डब्ल्युडब्ल्युईको लागि राजदूत र पर्दा पछाडिको व्यवस्थापन गर्ने गरेका छन्।[4] उनले हालसम्म डब्ल्युडब्ल्युईमा कुल २५ उपाधीहरू जितेका छन् जहाँ उनले ९ पटक डब्ल्युडब्ल्युई विजेता र पाँच पटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता बनेका छन् जसलाई हाल डब्ल्युडब्ल्युईले समायोजन गरेको छ। अतिरिक्त रूपमा उनी १९९७ का किङ अफ द रिङ बिजेता हुन भने २०१६ र २००२ का रोयल रम्बल बिजेता पनि हुन्। उनले डब्ल्युडब्ल्युईमा कुल १४ विश्व च्याम्पियनसिप जितेका छन् जुन सबैभन्दा धेरै विश्व बिजेता जित्ने रिक फ्लेएर र जोन सिना पछिको तेस्रा हुन्। उनी विभिन्न पे-पर-भ्यु र कार्यक्रमहरूको शिर्षक र पोस्टरमा पनि देखा परेका छन्।[5][6]