From Wikipedia, the free encyclopedia
टिरिसा टेय्ङ (२९ जनवरी १९५३ – ८ मे १९९५) चिनियाँ गायिका थिइन् । उनी लोक गीत र रोमान्टिक गीतहरू (जस्तै: वेन विल यु रिटर्न, द मुन रिप्रिजेन्टस् माइ हर्ट) का गायिकाका रूपमा प्रख्यात छिन् ।[1] उनले चिनियाँ भाषामा मात्र नभई जापानी, अङ्ग्रेजी, कान्टोनिज, इन्डोनेसियाली भाषामा समेत गाएकी छिन् ।[2][3][4]
टिरिसा टेय्ङ | |||||||
---|---|---|---|---|---|---|---|
Chinese name | 鄧麗君 (traditional) | ||||||
Chinese name | 邓丽君 (simplified) | ||||||
Pinyin | Dèng Lìjūn (Mandarin) | ||||||
Pe̍h-ōe-jī | Tēng Lē-kun (Hokkien) | ||||||
Birth name | तङ लि युन (鄧麗筠) | ||||||
Ancestry | Daming County, हेबेइ | ||||||
Born | बाओजोङ, युन्लिन, चीन | २९ जनवरी १९५३||||||
Died | ८ मे १९९५ ४२) Chiang Mai, Chiang Mai, थाइल्यान्ड | (उमेर||||||
Resting place | जिइन पाउ सान (Jinbaoshan), ताइवान २५°१५′०४″N १२१°३६′१४″E | ||||||
Other name(s) | Teresa Tang Teresa Deng Teng Li-chun Deng Lijun | ||||||
Occupation | गायिका | ||||||
Genre(s) | पप | ||||||
Instrument(s) | स्वर | ||||||
Voice type(s) | Mezzo-soprano | ||||||
Label(s) | ताइवान: Yeu Jow (१९६७–७१) Haishan (१९७१) Life (१९७२–७६) Kolin (१९७७–८३) PolyGram (१९८४–९२) हङकङ EMI (१९७१) Life (१९७१–७६) PolyGram (१९७५–९२) जापान Polydor K.K. (१९७४–८१) Taurus (1983–95) | ||||||
Years active | १९६७ – १९९५ | ||||||
Awards
|
टय्ङ लामो समय देखि आस्थ्माको रोगी थिइन् । उनको मृत्यु थाइल्यान्डमा सन् १९९५ मा ४२ वर्षमा भएको थियो ।
टिरिसा टे्य्ङको जनम् टियानयाङ गाऊँ (田洋村), बाओजोङ, युनलिन, ताइवान प्रदेश, चीनमा २९ जनवरी १९५३ मा भएको थियो । उनका बाबू सैनिक थिए, उनका ३ दाजु र एक भाइ थिए । उनको अध्य्यन गिनलिङ छात्र विद्यालय (私立金陵女中), साङचोङ, ताइपेइ मा भयो ।
सानै छदाँ उनले गायनबाट पुरस्कारहरू जित्ने गर्थिन् । सन् १९६४ मा उनले चर्चा योग्य पुरस्कार जितिन् । छिटै, उनी आफ्नो गायनबाट परिवारलाई समेत आर्थिक सहयोग गर्न सक्षम बनिन् । आफ्ना बाबुको सहमतिमा उनले गायनका लागि हाइ स्कुल अध्ययन छाडिन् ।
टेय्ङले आफ्नो चर्चा सन् १९६८ मा ताइवानी गायन कार्यक्रमबाट बटुलिन् । यस पश्चात् लाइफ रेकर्डस् लेबलमा उनको थुप्रै एल्बमहरू निक्लिए । सन् १९७३ मा उनले Kōhaku Uta Gassen, एक वार्षिक जापानी संगित प्रतियोगिताबाट जापानी सांगीतिक बजारमा प्रवेश गर्ने प्रयास गरिन् । उनलाई Best New Singing Star को उपाधि दिइयो । यस सफलता पश्चात् उनले थुप्रै जापानी गीतहरू रेकर्ड गरिन् ।
सन् १९७० को दशकमा जापनको सफलता पश्चात् उनले थप चर्चा बटुलिन् । चिनियाँ, कान्टोनिज, जापनी, अङ्ग्रेजी भाषामा गायन पछि टेय्ङको चर्चा मलेसिया र इन्डोनेसियासम्म पुग्यो । सेनाहरूका अगाडि गायन प्रस्तुतिले ताइवानमा उनलाई "सेनाकी प्यारी" भनेर पनि चिनिन्थ्यो । सन् १९८०को दशक तिर चिन र ताइवानको मतभेदले गर्दा उनका गीतहरू हङकङ र चिनमा उपल्ला वर्गको गीत भनेर पनि रोक लगाइयो । तर, कालो बजारीबाट उनका गीतहरू किनबेज भएर पनि उनको चर्चा भने कायमै रह्यो ।
फ्रान्स लगायत अन्य मुलुकमा समेत उनले आफ्नो प्रस्तुतिहरू दिए पनि चिनमा भने उनले कुनै विशेष प्रस्तुति दिइनन् ।
टेय्ङको मृत्यु ८ मे १९९५ मा आस्थ्माको कारणले भए पनि डाक्टरहरू र टे्य्ङको श्रीमान् किलरी, टे्य्ङको मृत्यु औषधिको बढी मात्राले असर गरेको बताउँछन् । मृत्यु हुँदा टे्य्ङ छुट्टी मनाउन थाइल्यान्डमा थिइन् ।[5] उक्त समय किलरी घरको सरसामान किन्दै थिए ।[5] टेय्ङ आफ्नो वयस्क जीवनभर नै आस्थ्माको रोगी थिए । उनको मृत्युको शोक सभामा राष्ट्रपति लि टेङ हुइको पनि उपस्थिति थियो ।
टेय्ङको शवले चिन पाओ सान, (जीनसान जिल्ला, न्यु ताइपेइ सिटि) मा विश्राम पाएको छ । उक्त स्थानमा टे्य्ङको शालीक र ठूलो पियानो रहेको छ, जुन भ्रमणकर्ताहरूले आएर बजाउन सक्छन् ।[6]
टेय्ङले सन् १९८६ मा हङकङको कारमेल स्ट्रिटमा किनेको घर पनि उनको श्रोताहरूको लागि प्रिय स्थान बनेको छ । सन् २००२ मा उक्त घर बेचेर साङघाइमा सङ्ग्राहलय बनाउने कुरा थाहा भएको थियो[7] र HK$ ३२ मिलियनमा बिक्री भएको थियो । टेय्ङको ५१ औँ जन्मजयन्ती (जनवरी २९, २००४) मा बन्द भएको थियो ।[8]
उनको मृत्युको १० वर्ष पछि टिरिसा टेय्ङ कल्चर एन्ड एजुकेसन फाउन्डेसनले फिल टिरिसा टेय्ङ कार्यक्रम सुरु गरेको थियो । वार्षिक रूपमा हङकङ र ताइवानमा गायन कार्यक्रम गराइनुका साथै, उनका श्रोताहरूले उनी प्रति श्रद्धा भावले हेर्न गर्दछन् । उनको व्यक्तिगत सामान युजी प्यराडाइज, गुइलिन, चीनमा प्रदर्शनीमा राखिएको छ ।[9]
सन् २०१५ अप्रिलमा उनको नाउँमा हुलाक टिकट पनि निकालिएको छ ।[10]
सन् १९९८ मा पल किलरिद्वारा टेय्ङ आफुसँग सम्बन्ध लमा रहेको र छिटै विवाहमा बाँधिने कुरा सार्वजनिक गरेका थिए ।[5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.