![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/79/Dampfturbine_Montage01.jpg/640px-Dampfturbine_Montage01.jpg&w=640&q=50)
टर्बाइन
From Wikipedia, the free encyclopedia
टर्बाइन (ल्याटिन: टर्बोबाट, ग्रीक: τύρβη, अन्ग्रेजी: Turbine) एक रोटरी यान्त्रिक उपकरण जसले तरल पदार्थको (जस्तै ग्याँस, वाष्प, र पानी) प्रवाहबाट उर्जालाई काम र कामलाई उर्जामा बदल्न सकिन्छ। [1]टर्बाइनलाई जेनेरेटरमा जोडेर बिजुली उत्पन्न गर्न सकिन्छ, यस्ता उपकरणलाई टर्बोमेसीन पनि भनिन्छ। प्रारम्भिक टर्बाइनका उदाहरणहरू वायुचक्का (windmills) र पानीघट्ट हुन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/79/Dampfturbine_Montage01.jpg/640px-Dampfturbine_Montage01.jpg)
वाष्प टर्बाइनको आविष्कारको लागि श्रेय ब्रिटिश ईन्जिनियरिङ् सर चार्ल्स पर्र्सनलाई (१८५४-१९३१) जान्छ र रिएक्सन टर्बाइनको आविष्कारको लागि स्विडिश इन्जिनियर ग्यासफ डे लावल (१८४५-१९१३) लाई जान्छ। "टर्बाइन" शब्दको पहिलो प्रयोग चाहि फ्रान्सेली खानी इञ्जिनियर क्लाउड बुर्डिनले गरेका थिए। [2]