सन् २०२२ देखि इटालीका प्रधानमन्त्री From Wikipedia, the free encyclopedia
ज्योर्जा मेलोनी ( इटालेली उच्चारण: [ˈdʒordʒa meˈloːni] ; जन्म १५ जनवरी १९७७) एक इटालेली राजनीतिज्ञ र पत्रकार हुन्। उनी २०२२ अक्टोबर २२ देखि इटालीको प्रधानमन्त्रीको रुपमा पदासिन छिन्। सन् २००६ देखि इटालीको प्रतिनिधि सभाको सदस्य रहेकी मेलोनीले २०१४ देखि फ्रातेल्ली दे इतालिया (एफडिआई) राजनीतिक पार्टीको नेतृत्व गरिरहेकी छिन् र सन् २०२० मा युरोपेली रुढीवादी तथा र सुधारवादी पार्टीकी अध्यक्ष भएकी थिइन्। उनी इटालीको प्रथम महिला प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।[१][२]
ज्योर्जा मेलोनी | |
---|---|
Giorgia Meloni | |
इटालीको प्रधानमन्त्री | |
पद बहाली २०२२ सेप्टेम्बर २२ | |
पूर्वाधिकारी | मारियो द्रागी |
अध्यक्ष, फ्रातेल्ली दे इतालिया | |
पद बहाली २०१४ मार्च ८ | |
पूर्वाधिकारी | इग्नासियो ला रूस्सा |
अध्यक्ष, युरोपेली रुढिवादी तथा सुधारवादी पार्टी | |
पद बहाली २०२० सेप्टेम्बर २९ | |
पूर्वाधिकारी | जान जाह्रादिल |
युवा मन्त्री, इटाली | |
कार्यकाल २००८ मे ८ – २०११ नोबेम्बर १६ | |
प्रधानमन्त्री | सिल्भिओ बेर्लुस्कोनी |
पूर्वाधिकारी | गियोभाना मेलान्द्री |
उतराधिकारी | आन्द्रेया रिकार्डी |
व्यक्तिगत विवरण | |
जन्म | रोम, इटाली | १५ जनवरी १९७७
राजनीतिक दल | फ्रातेल्ली दे इतालिया (सन् २०१२ देखि) |
अन्य राजनीतिक संलग्नता |
|
घरेलु साझेदार | आन्द्रेया गियाम्ब्रुनो |
सन्तान(हरू) | १ |
हस्ताक्षर | |
वेबसाइट | giorgiameloni |
मेलोनी एक दक्षिणपन्थी लोकतान्त्रिक र इटालेली राष्ट्रवादी हुन्। उनको राजनीतिक विचारलाई अति दक्षिणपन्थी मानिन्छ। उनी गर्भपतन, इच्छामृत्यु, र समलिङ्गी जोडीहरूद्वारा साझेदारी, विवाह र अभिभावकत्वको विपक्षमा छिन्। गैर-युरोपेली आप्रवासी र बहुसांस्कृतिकताको स्वागतको विरोध गर्दै, उनीमाथि जेनोफोबिया र इस्लामोफोबियाको आरोप लगाइएको छ। नाटोको समर्थक, उनले युरोपेली सङ्घको बारेमा युरोसेप्टिक विचार राख्छिन् र युक्रेनमा २०२२ को रूसी आक्रमण अघि रुससँग राम्रो सम्बन्धको पक्षमा थिइन्। उनले युक्रेनमा हतियार पठाउने वाचा गर्दै रुसी आक्रमणको निन्दा गरेकी थिइन्। उनले सन् १९९६ मा इटालेली तानाशाह बेनितो मुसोलिनी र २०२० मा नाजी सहयोगी र इटालेली सामाजिक आन्दोलनको सह-संस्थापक जर्जियो अल्मिरेन्तेको प्रशंसा गर्ने जस्ता विवादास्पद विचारहरू व्यक्त गरेकी थिइन्।
पार्टीहरू र राष्ट्रपति सर्जियो माटारेला,[३][४][५] २०२२ इटालियन सरकार गठनको भागको रूपमा परम्परागत वार्ता पछि, मेलोनीले नयाँ सरकार गठन गर्ने कार्य स्वीकार गरे र मेलोनी क्याबिनेट घोषणा गरे, जुन २२ अक्टूबर मा आधिकारिक रूपमा शपथ ग्रहण भयो। [६][७][८] उनी प्रधानमन्त्रीको पद धारण गर्ने पहिलो महिला हुन्।[९][१०][११]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.