ज्योतिर्लिङ्ग
From Wikipedia, the free encyclopedia
हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां-जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्गको रूपमा पूजा गरिन्छ ।[1] नेपाली बृहत् शब्दकोशमा ज्योतिर्लिङ्गलाई सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग भनेर लेखिएको छ ।
- सौराष्ट्र प्रदेशमा, श्रीसोमनाथ,
- श्रीशैलमा श्रीमल्लिकार्जुन,
- उज्जयिनी (उज्जैन)मा श्रीमहाकाल,
- ॐकारेश्वर अथवा अमलेश्वर ,
- परलीमा वैद्यनाथ,
- डाकिनी नामक स्थानमा श्रीभीमशङ्कर,
- सेतुबंधमा श्री रामेश्वर,
- दारुकावनमा श्रीनागेश्वर,
- वाराणसी (काशी)मा श्री विश्वनाथ,
- गौतमी (गोदावरी)को तटमा श्री त्र्यम्बकेश्वर,
- हिमालय केदारखंडमा श्रीकेदारनाथ
- शिवालयमा श्रीघुश्मेश्वर।
हिन्दू मान्यता अनुसार जुन मानिस प्रतिदिन बिहान तथा साँझको समयमा यी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उसको सात जन्मको पाप यी लिंगहरूको स्मरण मात्रले पनि मेटिन्छ् ।