जोसेफ स्टालिन
रुसी राजनितीज्ञ / From Wikipedia, the free encyclopedia
जोसेफ स्टालिन (रुसी: Иосиф Сталин अनुवाद:योसेफ स्तालिन; सन् १८७८ डिसेम्बर १८-१९५३ मार्च ५) सोभियत सङ्घको कम्युनिस्ट राजनीतिक नेता थिए। उनी सन् १९२४ देखि १९५३ सम्म करिब २९ वर्षसम्म सोभियत सङ्घका सर्वोच्च नेता थिए। उनी सोभियत सङ्घको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने पहिलो थिए। लेनिनको मृत्यु पछि, उनी सोभियत सङ्घको कम्युनिस्ट पार्टी (सन् १९२२-१९५२) को महासचिव बन्दै सोभियत सङ्घको मन्त्रीपरिषद् (सन् १९४१-१९५३) को अध्यक्षको रूपमा सेवा गरेका थिए। सुरुमा उनले संयुक्त नेतृत्वको आडमा शासन चलाएतापनि सन् १९३० को दशकमा उनले सबै शक्तिलाई एकीकृत गरी तानाशाही स्थापना गरेका थिए। उनी अन्तरयुद्ध युगका सबैभन्दा चर्चित समाजवादी व्यक्तित्वहरूमध्ये एक थिए। उनी स्टालिनवाद र सोभियत साम्राज्यवादका समर्थक थिए।
जोसेफ स्टालिन युसोफ भिसारिओनोभिच स्टालिन | |
---|---|
იოსებ სტალინი Иосиф Сталин | |
सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव | |
कार्यकाल २ अप्रिल १९२२ – १६ अक्टोबर १९५२ | |
पूर्वाधिकारी | भियाचेस्लोभ मलोतोभ (जिम्मेवार सचिवको रूपमा) |
उतराधिकारी | गेओर्गी मालेनकोभ |
सोभियत सङ्घको प्रधानमन्त्री | |
कार्यकाल ६ मे १९४१ – ५ मर्च १९५३ | |
पूर्वाधिकारी | भाचेस्लोभ मलोतोभ |
उतराधिकारी | गेओर्गी मालेनकोभ |
रक्षा मन्त्र | |
कार्यकाल १५ मार्च १९४६ – ३ मार्च १९४७ | |
व्यक्तिगत विवरण | |
जन्म | १८ डिसेम्बर १८७८ गोरी, जर्जिया, रूसी साम्राज्य |
मृत्यु | ५ मार्च १९५३ मस्को, रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्र, सोभियत सङ्घ |
राष्ट्रियता | जर्जियाली |
राजनीतिक दल | सोभियत सङ्घको कम्युनिस्ट पार्टी |
लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय सङ्घर्ष गरी विशेषरूपमा पार्टीविरोधी धाराहरू; ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए। स्टालिनले विदेशमा कम्युनिस्ट अन्तर्राष्ट्रिय मार्फत मार्क्सवाद-लेनिनवादको प्रवर्द्धन गरी सन् १९३० को दशकमा विशेषगरी स्पेनी गृहयुद्धमा युरोपेली फासीवादी विरोधी आन्दोलनलाई समर्थन गरेका थिए। सन् १९३९ मा उनले नाजी जर्मनीसँग अनाक्रमण सम्झौता गरेर[1] सोभियत सङ्घले पोल्यान्ड माथी आक्रमण गरेको थियो। सन् १९४१ मा जर्मनीले सोभियत सङ्घमाथी आक्रमण गरपछि त्यो सम्झौता तोडिएको थियो। युद्धको प्रारम्भमा भारी क्षतिको बाबजुद सोभियत लाल सेनाले जर्मनेली आक्रमणलाई प्रत्याक्रमण गरी सन् १९४५ मा बर्लिन कब्जा गर्दा युरोपमा दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो। जर्मनी र उनका मित्र राष्ट्रलाई पराजित गर्ने प्रक्रियामा सोभियतले बाल्टिक देशहरूमा कब्जा गरेर मध्य तथा पूर्वी युरोप, चीन र उत्तर कोरिया भरी सोभियत पक्ष सरकारको स्थापना गरेको थियो।