जेसिका वाल्स
From Wikipedia, the free encyclopedia
जेसिका मार्टिना वाल्स (जर्मनेली: Jessica Wahls) (जन्म: २ फेब्रुअरी १९७७) वा उपनाम जेस, एक जर्मनेली पप गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन कार्यक्रम प्रस्तुतकर्ता हुन्। वाल्स सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[1]
छरितो तथ्यहरू जेसिका वाल्स, जन्म ...
जेसिका वाल्स | |
---|---|
जन्म | जेसिका मार्टिना वाल्स (1977-02-02) २ फेब्रुअरी १९७७ (उमेर ४७) |
पेशा | गायिका, गीतकार, दूरदर्शन प्रस्तोता |
कार्यकाल | सन् २०००–२०१४ सन् २०१२–हाल |
नामपत्र (हरू) | सेयेन/पोलिडर (सन् २००३-२००५) सोनी बिएमजी (सन् २००५-हाल) |
सन्तान | १ |
वेबसाइट | www |
बन्द गर्नुहोस्