![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5d/Zelina_Vega_NXT_TakeOver_New_Orleans_April_2018.jpg/640px-Zelina_Vega_NXT_TakeOver_New_Orleans_April_2018.jpg&w=640&q=50)
जेलिना भेगा
From Wikipedia, the free encyclopedia
थिया मेगन ट्रिनिडाड (जन्म: २७ डिसेम्बर १९९०) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी, कुस्ती प्रबन्धक तथा अभिनेत्री हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र रमा जेलिना भेगाको नामले कुस्ती खेल्दै आएकी छिन्।[3] उनले कुस्ती कार्यकाल टोटल नन् स्टप एक्सनबाट (टिएनए) सुरु गरेकी थिइन् जहाँ उनको रिङ नाम रोसिता रहेको थियो भने उनले त्यस पदोन्नति लगायत अन्य पदोन्नतिहरूमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्।[4] टिएनए रेस्लिङमा उनले एकपटक नकआउट्स ट्याग टिम उपाधि जित्न सफल भएकी थिइन्।[5]
छरितो तथ्यहरू जेलिना भेगा, वास्तविक नाम ...
जेलिना भेगा | |
---|---|
![]() सन् २०१८ अप्रिलमा भेगा | |
वास्तविक नाम | थिया मेगन ट्रिनिडाड |
जन्म | (1990-12-27) २७ डिसेम्बर १९९० (उमेर ३३) न्युयोर्क, अमेरिका |
जीवनसाथी(हरू) | एलिस्टर ब्ल्याक
( वि २०१८) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | डेभिना फ्लनई रोसिता स्नुकी फ्लाई थिया ट्रिनिडाड जेलिना भेगा[1] |
उत्पत्ति | मेक्सिको क्विन्स, न्युयोर्क[1] |
प्रशिक्षक | जाभि-एयर टिजे पर्किन्स डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र |
पदार्पण | २० फेब्रुअरी २०१०[2] |
वेबसाइट | |
आधिकारिक जालस्थल |
बन्द गर्नुहोस्