![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c0/GerardPique.jpg/640px-GerardPique.jpg&w=640&q=50)
जेरार्ड पिके
स्पैनिश फुटबॉलर (जन्म 1987) / From Wikipedia, the free encyclopedia
जेरार्ड पिके (स्पेनी: Gerard Piqué, हेरार्द पिके) (जन्म: २ फेब्रुअरी १९८७) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी फुटबल क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपबाट खेल्ने गर्दछन्। पिके विश्वकै सबैभन्दा उत्कृष्ट मध्यपङ्क्तिको खेलाडीहरूको सूचीमा शीर्ष स्थानमा रहेका थिए।[4]
![]() सन् २०१५ मा पिके | |||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | जेरार्ड पिके बेर्नाबेउ[1] | ||||||||||||||||||||||||||||||
जन्म मिति | (1987-02-02) २ फेब्रुअरी १९८७ (उमेर ३७)[2] | ||||||||||||||||||||||||||||||
जन्म स्थान | बार्सिलोना, स्पेन | ||||||||||||||||||||||||||||||
उचाइ | १.९४ मिटर[3] | ||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||||||||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||||||||
वर्तमान टोली | बार्सिलोना | ||||||||||||||||||||||||||||||
सङ्ख्या | ३ | ||||||||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||||||||
सन् १९९७–२००४ | बार्सिलोना | ||||||||||||||||||||||||||||||
सन् २००४ | म्यानचेस्टर युनाइटेड | ||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||
सन् २००४–२००८ | म्यानचेस्टर युनाइटेड | १२ | (०) | ||||||||||||||||||||||||||||
सन् २००६–२००७ | → रेआल साराहोसा (ऋणमा) | २२ | (२) | ||||||||||||||||||||||||||||
सन् २००८– | बार्सिलोना | ३३६ | (२८) | ||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||||||||
सन् २००२–२००३ | स्पेन १७ वर्ष मुनी | ७ | (२) | ||||||||||||||||||||||||||||
सन् २००४ | स्पेन १७ वर्ष मुनी | ८ | (३) | ||||||||||||||||||||||||||||
सन् २००६ | स्पेन १९ वर्ष मुनी | ८ | (३) | ||||||||||||||||||||||||||||
सन् २००७ | स्पेन २० वर्ष मुनी | ५ | (१) | ||||||||||||||||||||||||||||
सन् २००६–२००८ | स्पेन २१ वर्ष मुनी | १२ | (१) | ||||||||||||||||||||||||||||
सन् २००९–२०१८ | स्पेन | १०२ | (५) | ||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:४५, ७ मार्च २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:५५, २५ मार्च २०१९ (युटिसी) |
सन् २००४ मा पिकेले अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेड प्रशिक्षण केन्द्रबाट आफ्नो व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनले उक्त प्रशिक्षण संस्थामा चार वर्ष प्रशिक्षण लिएका थिए। उनी पछि पेप ग्वार्दिओला प्रशिक्षक रहेको स्पेनी फुटबल क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए भने उनले सन् २००८–०९ र सन् २०१४–१५ को ला लिगा जिताउन क्लबलाई महत्त्वपूर्ण योगदान दिएका थिए।[5] उनी पछि अर्को क्लबमा स्थानान्तरण भएपछि युएफा च्याम्पियन्स लिग उपाधि जित्न सफल भएका थिए जसकारण उनी दुई छुट्टाछुट्टै क्लबहरू मार्फत लगातार युएफा च्याम्पियन्स लिगको उपाधि उचाल्ने खेलाडी बन्न सफल भएका थिए। पिकेले सन् २००९ फेब्रुअरी ११ का दिन स्पेन राष्ट्रिय फुटबल टोलीका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ उनले हालसम्म १०२ उपस्थितिहरू जनाएका छन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप र सन् २०१२ मा पोल्यान्ड र युक्रेनमा आयोजित सन् सन् २०१२ युएफा युरो कपमा स्पेन राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीलाई उपाधि जिताउन उनको योगदान अतुलनीय रहेको थियो।