From Wikipedia, the free encyclopedia
जेनिफर मारोजान (जर्मनेली: Dzsenifer Marozsán) (जन्म १८ अप्रिल १९९२) एक जर्मनेली महिला फुटबल खेलाडी हुन् जो हाल डिभिजन १ फिमिनिनको क्लब ओलम्पिकके लियोन्नाइस र जर्मनी महिला राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको भूमिकामा मैदान उत्रने गर्दछिन्। उनले यस भन्दा अगाडि जर्मनीका १. एफसी जाब्रुखेन र १. एफएफसी फ्राङ्कफुर्टका लगायतका क्लबका लागि फुटबल खेलिसकेकी छिन्। सन् २०१७ देखि २०१९ सम्म, उनी जर्मनीको वर्ष महिला खेलाडीको रूपमा रहेकी थिइन्।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म मिति | १८ अप्रिल १९९२ | |||||||||||||||||||||
जन्म स्थान | बुडापेस्ट, हङ्गेरी | |||||||||||||||||||||
उचाइ | १.७१ मिटर | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | ओलम्पिके लियोन्नाइस फिमिनिन | |||||||||||||||||||||
सङ्ख्या | १० | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् १९९६–२००३ | दिजेकी बुर्बाच | |||||||||||||||||||||
सन् २००४–२००७ | १. एफसी जाब्रुखेन | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
सन् २००७–२००८ | १. एफसी जाब्रुखेन | ३८ | (१३) | |||||||||||||||||||
सन् २००९–२०१६ | १. एफसी फ्राङ्कफुर्ट | १३३ | (४०) | |||||||||||||||||||
सन् २०१६– | ओलम्पिके लियोन्नाइस | ५० | (२२) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २००४–२००७ | १५ वर्ष मुनि | १२ | (१३) | |||||||||||||||||||
सन् २००७–2008 | १७ वर्ष मुनि | २१ | (२१) | |||||||||||||||||||
सन् २००९–२०१२ | १९ वर्ष मुनि | १२ | (१३) | |||||||||||||||||||
सन् २००९–२०१२ | २० वर्ष मुनि | १७ | (६) | |||||||||||||||||||
सन् २०१०– | जर्मनी | ९८ | (३२) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२ अप्रिल २०१९ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:५२, ४ मार्च २०२० |
हङ्गेरीको राजधानी बुडापेस्टमा जन्मिएता पनि उनी अन्तर्राष्ट्रिय रूपमा जर्मनी महिला राष्ट्रिय फुटबल टोलीका लागि खेल्ने गर्छिन्।[1] सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा, मारोजानले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई इतिहासमै पहिलो पटक स्वर्ण पदक हात पार्न महत्त्वपूर्ण भूमिक निर्वाह गरेकी थिइन् भने यस भन्दा अगाडि पूर्वी जर्मनीको पुरुष टोलीले ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।[2] सन् २०१५ को युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा उनले मेन्डी इस्लाकलाई गोल गर्न सहायता गरेकी थिइन् जसले गर्दा १. एफएफसी फ्राङ्कफुर्टले युइएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उनले सन् २०१३ को महिला युरोमा स्विडेन विरुद्धको खेलमा निर्णायक गोल गरेकी थिइन् जसले गर्दा टोलीले सो संस्करणको युइएफए महिला युरो जितेको थियो।[2]
मारोजानको जन्म १८ अप्रिल १९९२ मा, हङ्गेरीको राजधानी बुडापेस्टमा भएको थियो। उनका बुबा हानोस मारोजाना, हङ्गेरीको राष्ट्रिय स्तरका खेलाडी थिए। उनको बुबाले जर्मनेली क्लब १. एफसी जाब्रुखेनका लागि खेल्ने सम्झौता हस्ताक्षर गरेका कारण उनी उनको परिवारको साथ सन् १९९६ मा, जर्मनी बसाइसराइ गरेकी थिइन्।[3] उनले युवा टोलीका खेल्दै फुटबल क्षेत्रमा पाइला राखेकी थिइन्।उनी पछि १. एफसी जाब्रुखेनको युवा विभागमा सामेल भएकी थिइन्। उनी १२ वर्षको उमेरमै जर्मनीको १५ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि फुटबल खेल्न थालनी गरेकी थिइन्।[4]
सन् २००७ मा, १४ वर्ष र ७ महिनाकी मारोजान जर्मनीको बुन्डेसलिगामा खेल्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन पुगेकी थिइन् जहाँ उनले क्लब फुटबलका लागि १. एफसी जाब्रुखेनका लागि प्रदापण गरेकी थिइन्। [5] उनले बुन्डेसलिगामा १५ वर्ष ४ महिनाको उमेरमा क्लबका लागि गोल गर्दै सबैभन्दा कम उमेरकी खेलाडी बन्दै किर्तिमानी कायम गरेकी थिइन्। उनले २६ अगस्ट २००७ मा, क्लबका लागि पहिलो गोल गरेकी थिइन् जसमा टोलीले खेल २-१ गोल अन्तरले जितेको थियो। [6][7] टोलीका साथ उनी सन् २००८ मा, फाइनल सम्मको यात्रा तय गरेको थियो जसमा टोली १. एफएफसी फ्राङ्कफुर्टसँग १-५ गोल अन्तरले पराजित हुन पुगेको थियो। [8]
सन् २००९ मा मारोजानले १. एफसी फ्राङ्कफुर्टसँग सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[9] उनका साथ फ्राङ्कफुर्टले सन् २०१०-२०११ र सन् २०१३-२०१४ को संस्करणको बुन्डेसलिगामा उप विजेता बनेको थियो। सन् २०१२ को युइएफए महिला च्याम्पियन्स लिगमा, फ्राङ्कफुर्टले फाइनलको यात्रा तय गरेको थियो जसमा टोली फ्रान्सको क्लब ओलम्पिके लियोन्नाइससँग २-० गोल अन्तरले पराजित हुँदै उप विजेतामा चित्त बुझाएको थियो।[10] सन् २०१४- २०१५ को युइएफए महिला च्याम्पियन्स लिगमा,उनले क्लबका लागि महत्त्वपूर्ण गोल गर्दै क्लबलाई फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
सोही संस्करणको युइएफए महिला च्याम्पियन्स लिगमा उनको क्लबको प्रतिनिधित्व गर्दै मैदान उत्रिएकी थिइन् जसमा उनले पेरिस सेन्ट जर्मेन फिमिनिनको विरुद्धमा पुरै ९० मिनेट नै खेलेकी थिइन् र क्लबले उक्त खेल अतिरिक्त समयमा जितेको थियो। यो जितको साथ उनले आफ्नो पहिलो युइएफए महिला उपाधि र फ्राङ्कफुर्टले चौथो पटक उपाधि चुमेको थियो।[11] प्रतियोगिताको अन्त्यमा उनी गोल गर्न ८ सहयोग गर्दै सबैभन्दा बढी गोल गर्न सहयोग गर्ने खेलाडीको रूपमा घोषित भएकी थिइन् र क्लबलाई युरोपेली फुटबल महासङ्घद्वारा प्रतियोगिताको उत्कृष्ट टोली घोषण गरिएको थियो। फ्राङ्कफुर्टको लागि उनको अन्तिम संस्करणमा, क्लब तालिकाको तेस्रो स्थानमा आउँदै युइएफए महिला च्याम्पियन्स लिग खेल्नबाट बञ्चित भएको थियो। [12]
जुलाई २०१६ मा, उनले फ्रान्सेली क्लब ओलम्पिके लियोन्नाइससँग सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[13] मारोजान सन् २०१६-२०१७ संस्करणका लागि उक्त क्लबमा आएकी थिइन्। मात्रै १० महिनामा उनले क्लबको साथ युरोपेली, राष्ट्रिय उपाधि गरी दुईवटा उपाधि जिताउनका लागि निकै मेहनत गरेकी थिइन्। उनलाई सोही वर्ष उक्त संस्करणको डिभिजन १ फिमिनिनको उत्कृष्ट खेलाडी घोषित गर्दै पुरस्कार प्रदान गरिएको थियो। पछि, उनले जुन २०२० सम्मका लागि लियोन्नाइससँग सम्झौता लम्ब्याएको जनाएकी थिइन्।[14]
उनले १५ वर्ष भन्दा मुनिको राष्ट्रिय टोलीका लागि ५ खेलमा ४ गोल गरेकी थिइन्। सुरुवाती खेलको दुई हप्ता पश्चात्, उनी १७ वर्ष मुनिको राष्ट्रिय टोलीमा पदोन्नति भएकी थिइन्।[15] उनले डेनमार्कको विरुद्ध ३ गोल गरेकी थिइन्। सन् २००८ मा उनी टोलीका साथ युरोपेली विजेता बन्न पुगेकी थिइन् भने उनले प्रतियोगिता भरि २ गोल गरेकी थिइन्।[16] इतिहासमै पहिलो पटक न्युजिल्यान्डमा भएको १७ वर्ष मुनिको विश्वकपमा, उनले प्रतियोगिता भरि ६ गोल गर्दै शीर्ष गोलकर्ता बनेकी थिइन्। [17]
९ मार्च २००९ मा, उनले १९ वर्ष मुनिको राष्ट्रिय टोलीको पक्षबाट अन्तरदेशीय प्रतियोगितामा भाग लिएकी थिइन्। इटालेलीको विरुद्धको सोही खेलमा उनले १९ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेकी थिइन्। २८ अक्टोबर २००९ मा, उनले २० वर्ष मुनिको राष्ट्रिय टोलीबाट २३ वर्ष मुनिको विश्वकप छनोटमा आयोजित खेल खेल्ने अवसर प्राप्त गरेकी थिइन्। १ अगस्ट २०१० मा, मारोजानको उत्कृष्ट प्रदर्शनीका साथ टोलीले फाइनलमा नाइजेरियालाई २-० गोल अन्तरले हराउँदै विजेता बनेको थियो।[18]
तीन महिना भन्दा कम अवधि, २८ अक्टोबर २०१० मा, उनले जर्मनीको राष्ट्रिय टोलीमा अस्ट्रेलियाको विरुद्धमा पर्दापण गरेकी थिइन्।[19] उनी सन् २०११ को विश्वकप खेल्ने खेलाडीको रूपमा छनोट भएकी थिइन् तथापि, घुँडामा लागेको चोटपटकका कारण उनले उक्त विश्वकप खेल्नबाट बञ्चित भएकी थिइन्।[20] १५ फेब्रुअरी २०१२ मा, उनले युरोपेली उपाधिको लागि परेको तुर्की विरुद्धको खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् र टोलीले उक्त खेल १-० गोल अन्तरले जितेको थियो।[21] सन् २०१२ को मध्य तिर, उनले २० वर्य मुनिको विश्वकपमा दोस्रो पटक सहभागिता दर्ता गरेकी थिइन्। उनी टोलीको समथ फाइनलको यात्रा तय गरेकी थिइन्।[22] उत्कृष्ट प्रदर्शन गरेको टोलीले, संयुक्त राज्य अमेरिकालाए सुरुवाती चरणमा ३-० ले पराजित गरेको थियो भने टोली अन्ति खेलमा सोही टोलीसँग १-० ले पराजित भएको थियो। खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै उनले "सुनौलो भकुण्डो" र प्रमाणपत्र प्राप्त गरेकी थिइन्।
स्विडेनमा आयोजित युइएफए महिला च्याम्पियन्स लिगमा, उनले समूह चरणका सबै तीनवटै खेल खेलेकी थिइन्। क्वाटरफाइनलमा र सेमिफाइनल क्रमश: इटालेली र आयोजक स्विडेनको विरुद्धमा परेको खेलमा टोलीले १-० ले दुबै टोलीलाई पराजित गरेको थियो। प्रतियोगिताको अन्तिम खेलमा टोलीले नर्वेलाई १-० ले पराजित गर्दै उपाधि हात पारेको थियो। २७ नोभेम्बर २०१३ मा, टोलीले क्रोएसिया विरुद्धको खेलमा ८-० ले जितेको थियो जसमा उनले १, ३, ५ र ७ औँ मिनेटमा गोल गरेकी थिइन्। जर्मनेली टोलीको साथ उनले, अल्गार्भे कप जित्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। खेल अवधि भरि ४ गोल गरेका कारण उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।[23]
२४ मे २०१५ मा, उनलाई सन् २०१५ फिफा महिला विश्वकप खेल्नका लागि छनोट गरिएको जनाइएको थियो। कुर्कुचामा लागेको चोटपटकका कारण, उनले मात्र ५ खेलहरू खेलेकी थिइन् जसको अन्त्यमा टोली ४औँ स्थानमा पुगेको थियो। सन् २०१६ मा, मारोजानले सन् २०१६ को ग्रीष्मकमलिन ओलम्पिक खेल्नका लागि प्रस्तावलाई स्वीकार गरेको बताएकी थिइन् र टोलीले ओलम्पिक खेलमा महिला फुटबल तर्फ स्वर्ण पदक प्राप्त गरेको थियो जसमा टोलीले फाइनल खेलमा स्विडेनलाई २-१ ले पराजित गरेको थियो।[24]
२१ अक्टोबर २०१६ मा, सन् २०१७ को युइएफए महिला च्याम्पियन्स लिगमा उनलाई राष्ट्रिय टोलीको कप्तानको रूपमा नियुक्त गरिएको थियो। उनी सन् २०१९ फिफा महिला विश्वकपमा पनि कप्तानको भूमिकामा रहेकी थिइन्। सन् २०१९ मा उनलाई वर्ष खेलाडीको रूपमा सर्वाधिक मत मिलेको थियो।[25]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.