छोटाखुट्टे बकुल्ला
बकुल्ला प्रजातिमा पर्ने एक सानो आकारको बकुल्ला / From Wikipedia, the free encyclopedia
छोटाखुट्टे बकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक सानो आकारको बकुल्ला हो। यस पंक्षीको आकार सानो भएका कारण यसलाई सानो बकुल्ला पनि भन्ने गरिन्छ। यस पंक्षीको पछाडिको भाग गाढा खैरो हुन्छ भने यसको बाक्लो खैरो रङ्गको घाँटी हुन्छ। यस प्रजातिका पंक्षीको लामो तिखो र कालो ठुँड र फिका खैरो रङ्गको खुट्टा हुन्छ। यस पंक्षीको घाँटी र ठुँड तलको भाग कहिलेकाँही सेतो पनि देखिन्छ यधपी यस प्रजातिका पंक्षीहरू कहिलेकाँही हल्का भिन्न प्रकारका हुन्छन् तर यसका लगभग सबै उपप्रजातिहरू छुट्टाउनु सकिने खालका हुन्छन्। सामान्यतया यस प्रजातिको पोथी भाले भन्दा थोरै सानो हुन्छ र भालेको भन्दा कम खैरो रङ्गको प्वाँख हुन्छ। यस प्रजातिका युवा बकुल्लाहरूको भने शरीर खैरो र सेतो धब्बा जस्तो देखिन्छ। यस पंक्षीको टाउको, घाँटी र माथिल्लो भाग हल्का सेतो हुन्छ तर पंक्षी वयस्क भएपछि त्यो रङ्ग हराएर जान्छ। यो पंक्षीले राम्रोसँग आवाज निक्ल्न नसकेपनि यसले खतरा र लडाइँको सङ्केत जनाउन आवाज निकाल्ने गर्दछ।[1]
छोटाखुट्टे बकुल्ला | |
---|---|
वयस्क छोटाखुट्टे बकुल्ला | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Pelecaniformes |
कुल: | Ardeidae |
वंश: | Butorides |
प्रजाति: | B. striata |
वैज्ञानिक नाम | |
Butorides striata (कार्लस लिनियस, १७५८) | |
पर्याय | |
|
यो पंक्षी बकुल्ला प्रजातिको अर्को पंक्षी हरित बकुल्लासँग मिल्दोजुल्दो हुन्छ। तर हाल यी दुई प्रजातिलाई छुट्टाछुट्टै वर्गमा छुट्टयाइएको छ। यो पंक्षी बोलिभियाको रिब्ब्राल्टा सहरमा पनि पाइने गरेको छ।