चीन नेटकम वा जुङ्गो वाङथोङ (सरलीकृत चिनियाँ: 中国网通 ), सिएनसिको रूपमा पनि संक्षिप्त, जनवादी गणतन्त्र चीनको पूर्व दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। चिनियाँ सरकारले यसलाई अगष्ट १९९९ मा गठन गरेको थियो जसको प्रमुख उद्देश्य भनेको आन्तरिक लगानीको प्रयोग गरी देशमा उच्च गतिको इन्टरनेट सञ्चार निर्माण गर्न सक्षम बनाउनु थियो।

छरितो तथ्यहरू पूर्व प्रकार, उद्योग ...
चीन नेटकम
पूर्व प्रकार
सरकारी उद्यम
उद्योगदूरसञ्चार
भवितव्यताचीन युनिकमसँग समायोजन
स्थापित१९९९; २५ वर्ष अघि (१९९९)
बन्द अक्टोबर २००८; १५ वर्ष पहिले (२००८-१०-06)
केन्द्रीय कार्यालयबेइजिङ, चीन
आम्दानी $७.८४४ बिलियन (सन् २००४)
कर्मचारी सङ्ख्या
९२,७८८
वेबसाइटwww.cnc.cn Edit this on Wikidata
बन्द गर्नुहोस्
Thumb
चीन नेटकमको पूर्व शाखा कार्यालय

क्षेत्र

जुङ्गो वाङ्थोङ मुख्य भूमि चीनमा तार-लाइन दूरसञ्चार सेवाहरूको एक प्रदायक थियो जसले मुख्य रूपमा चीनको उत्तरी क्षेत्रहरूमा सेवा सञ्चालन गर्दथ्यो। कम्पनीले देश भरि एक नयाँ विस्तृत पट्टि इण्टरनेट मेरुदण्ड बनाइरहेको थियो। यो चीन दूरसञ्चार निगम पछि मुख्य भूमि चीनमा लोकप्रिय दूरसञ्चार कम्पनीको रूपमा देखिएको थियो र यो एक अर्ध मोबाइल व्यक्तिगत दूरभाग प्रणालीमा सञ्चालित थियो।

परम्परागत रूपमा, कम्पनीले आफ्ना सेवाहरू चीनको उत्तरी प्रदेशहरू र चीनका प्रमुख व्यापारिक केन्द्र साङ्घाई, ग्वानडोङ, बेइजिङ, हेबेई, हेनन, साङ्डोङ, टियानजिन र लाओनिङमा सञ्चालन गर्दथ्यो। तथापि, यसले आफ्नो सेवा देशका अधिकांश प्रदेशहरूमा सञ्चालन गरेको थियो।

एडिएसएल इण्टरनेट सेवा (यो उत्तर चीन बाहिरका क्षेत्रहरूमा सधैं उपलब्ध थिएन) का साथसाथै, कम्पनीले इन्टरनेट संस्थिति सेवाहरूको पनि उपलब्ध बनाउँथ्यो। यसबाहेक, जुङ्गो वाङ्थुनले सन् २००८ को बेइजिङ ओलम्पिकको आधिकारिक दूरसञ्चार सञ्चालक तथा साझेदारको भूमिका निर्वाह गरेको थियो र ओलम्पिक खेलहरूको आयोजक समितिको लागि निश्चित लाइन दूरसञ्चार सेवाहरू पनि यसले प्रदान गरेको थियो।[1][2]

इतिहास

कम्पनीले सन् १९९९ मा उच्च-गति डाटा सञ्जालहरूको लागि थोक बिक्रेताको रूपमा सुरू व्यवसाय सञ्चालन गरेको थियो जसको मुख्यालय साङ्घाईमा रहेको थियो। यसको समर्थन जियाङ जेमिनका छोरा ज्याङ मियानहेङ, र लिजेण्ड कम्प्युटर (हाल लेनोभो) का अध्यक्ष लियु चुआञ्जीले गरेका थिए। तथापि त्यस समयमा चीन दूरसञ्चार निगम (जुङ्गो डियानसिन)ले दूरसञ्चार बजारमा एकाधिकार बनाएका कारण व्यापार आंशिक रूपमा कमजोर भएको थियो।[3]

जुङ्गो वाङथोङको अनुमतिपत्र खारेज हुने अवस्थामा पुगेको थियो। भाग्यवस जुङ्गो वाङथोङ लागि, जियाङका छोराको समर्थनमा, चिनियाँ सरकारले चिन दूरसञ्चारक एकाधिकार तोड्दै जुङ्गो वाङथोङलाई चीनमा दूरसञ्चारको प्रमुख तेस्रो सम्पत्तिको रूपमा स्वीकृत प्रदान गरेको थियो।[4] ती सम्पत्तिहरू अधिकांश उत्तरी प्रदेशहरूमा अवस्थित छन्। [5]

जुङ्गो यन्थुङसँग (चीन युनिकम) समायोजन

जुङ्गो वाङथोङ, चीन सञ्जाल सञ्चार समूह नामक निगमको एक सहायक कम्पनी थियो।[6]

२ जून २००८ मा, चिनियाँ दूरसञ्चार निगमलाई आफ्नो सिडिएमए सञ्जाल बेचेपछि वाङथोङले जुङ्गो यन्थुङसँग समायोजन गर्ने आफ्नो योजनाको घोषणा गरेको थियो। संयुक्त कम्पनीसँग जुङ्गो वाङथोङको सबै सम्पत्ति र जुङ्गो यान्थुङको राष्ट्रव्यापी रूपमा छरिएर रहेको विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सञ्जालका १२५ मिलियन ग्राहकहरूको रहेका छन् र यसको साथसाथै यसको सानो डायल-अप र एडिसएसएल इण्टरनेट सेवा प्रदायक व्यवसाय पनि रहेको छ।[7]

समायोजन ६ अक्टोबर २००८ मा सम्पन्न भएको थियो। जुङ्गो वाङथोङ पूर्ण रूपमा स्वामित्व प्राप्त जुङ्गो यान्थुङको सहायक कम्पनी बनेको थियो र यसका सेयरहरू हङकङ सेयर बजारमा सूचीत भएको थियो।[8]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.