![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/30/Wooden_roller_coaster_txgi.jpg/640px-Wooden_roller_coaster_txgi.jpg&w=640&q=50)
चाल शक्ति
From Wikipedia, the free encyclopedia
भौतिक विज्ञानमा, वस्तुमा हुने चालका कारण उत्पन्न हुने शक्तिलाई चाल शक्ति वा गति शक्ति भनिन्छ ।[1]सिकारीहरूले चरा मार्न गुलेलीको प्रयोग गर्छन् किनकी गुलेलीबाट मट्याङ्ग्रो छोड्दा मट्याङ्ग्रा चाल अवस्थामा आउँछ र त्यसमा चालशक्ति उत्पन्न हुन्छ जसका कारण चरालाइ सजिलै मार्न सकिन्छ । त्यस्तै बन्दुकको ट्रिगर दबाउँदा निस्कने गोली, बगिरहेको पानी, बहिरहेको बतास आदि गतिशिल वस्तुहरूमा पनि चाल शक्ति हुन्छ ।
छरितो तथ्यहरू चाल शक्ति, साधारण प्रतीक ...
चाल शक्ति | |
---|---|
![]() | |
साधारण प्रतीक | KE, Ek, or T |
एसआइ एकाइ | joule (J) |
अन्य मात्रा देखि व्युत्पत्ति | Ek = ½mv2 Ek = Et+Er |
बन्द गर्नुहोस्
वस्तुमा हुने चालशक्ति वस्तुको गति र पिण्डसँग समानुपातिक हुन्छ । अर्थात पिण्ड बढे चाल शक्ति पनि बढ्छ र गति बढ्दा पनि चाल शक्ति बढ्छ । गतिशक्ति निकाल्ने सुत्र : गति शक्ति (Kinetic Energy) = ½ × पिण्ड × (गति)² हो ।