From Wikipedia, the free encyclopedia
चट्टोग्राम [4] बङ्गलादेशको एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।[5] चट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।[6] दक्षिण एसियामा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।
चट्टोग्राम
চট্টগ্রাম | |
---|---|
चट्टोग्रामका धरोहरहरू | |
उपनाम(हरू): बङ्गलादेशको द्वार,[1] बङ्गलादेशको आर्थिक राजधानी | |
देश | बङ्गलादेश |
विभाग | चट्टोग्राम विभाग |
जिल्ला | चट्टोग्राम जिल्ला |
स्थापना | १३४० |
सहर सूचीकृत | १८६३[2] |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | चट्टोग्राम सहर निगम |
• सहर मेयर | मञ्जुर आलम |
क्षेत्रफल | |
• महानगर | १६८.०७ किमी२ (६४.८९ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• महानगर | ६५००००० |
• महानगर | ४००९४२३ |
• मूलबासी नाम | चट्टोग्राम्गीयन |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी प्रमाणिक समय) |
हुलाक कोड | ४००० |
फोन कोड | ३१ |
वेबसाइट | चट्टोग्राम सहर निगम |
परापूर्वकाल देखिनै चट्टोग्रामको यस प्राचिन प्राकृतिक बन्दरगाहले बङ्गाल र बंगालको खाडीको प्रमुख व्यापारिक केन्द्रको लागि एउटा प्रवेशद्वारको रूपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, युरोप र चीनको व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, भेनिसको व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दीमा ब्रिटिश राजको अनुसार, आधुनिक चट्टोग्राम बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागि एउटा महत्त्वपूर्ण आधार बन्न पुग्यो ।[7] सन् १९४७ मा बेलायती भारतको विभाजन पछी, चट्टोग्राम पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो। सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको सुरुवातमा बङ्गलादेशको स्वतन्त्रताको घोषणा चट्टोग्रामबाटै गरिएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.