![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/44/Swatch_Irony_Charcoal_Suit.jpg/640px-Swatch_Irony_Charcoal_Suit.jpg&w=640&q=50)
घडी
From Wikipedia, the free encyclopedia
घडी भन्ने बित्तिकै आजकल समय देखाउने यन्त्रलाई बुझिन्छ। हुनत त्यो पनि घडी नै हो तर पौराणिक कालमा घडी भनेको समय मापन एकाइलाई बुझाउथ्यो अँझै पनि हिन्दू पञ्चाङ्गमा घडी र पलाको प्रयोग भएको पाइन्छ। तत्कालिन समय मापन एकाई बमोजिम ६० पलाको एक घडी र ६० घडीको एक दिन मानिन्छ। आधुनिक समय मापन प्रणाली अनुसार एक घडिले २४ मिनट भोग गर्छ। २.५ (अढाई) घडीको पुरा १ घण्टा हुन्छ। घडी शब्दको उच्चारण अनुसार यो घडाको स्त्री लिँग शब्द हो। घडा भन्नाले गाग्रो अथवा गाग्री भन्ने बुझिन्छ। पौराणिक कालमा समय मापन यन्त्र एक लोटा अथबा प्याला आकारको ताम्र निर्मित भाँडो हुन्थ्यो। यो भाँडो कुनै अनुभवी मानिसले बनाउथे र यसमा सरकार द्वारा मान्यता प्राप्तको छाप लगाउनु पर्थ्यो। यसै भाँडोलाई घडी भनिन्थ्यो। घडिको पिँधमा एक सानो प्वाँल पारिएको हुन्छ। समयको ज्ञात गर्नकोलागी घडीलाई एक भाँडामा पानी भरेर त्यसै माथी राखिन्छ। घडीको पिँधमा भएको प्वाँलबाट अलि अलि गर्दै पानी घडीमा भरिदै जान्छ र एक घडी समय पुरा भए पछि घडी पानीमा डुब्छ। फेरी त्यसलाई खाली गरेर दोहराईन्छ। यो थियो पुरानो जमानामा समय देख्ने एकाइ र यन्त्र "घडी" तर आधुक जमानामा घडी भनेको हुनत समय देखाउने यन्त्र नै हो। तर एकाइ हैन।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/44/Swatch_Irony_Charcoal_Suit.jpg/640px-Swatch_Irony_Charcoal_Suit.jpg)