![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ab/Ginni_Rometty_at_the_Fortune_MPW_Summit_in_2011.jpg/640px-Ginni_Rometty_at_the_Fortune_MPW_Summit_in_2011.jpg&w=640&q=50)
गिनी रोमेटी
From Wikipedia, the free encyclopedia
भर्जिनिया मारी "गिनी" रोमेटी (जन्म २९, १९५७)[3][4] एउटा अमेरिकी व्यापार कार्याकरी हुन् । उनी वर्तमानमा आइबिएमका सिइओ हुन् । तथा पहिलो महिला हुन् जसले यस कम्पनीको कार्यभार सम्भालेको हो ।[5]सन् २०१२ जनवरीमा अध्यक्ष तथा सिइओ बन्नु भन्दा पूर्व उनी आइबिएम कम्पनीको वरिष्ठ उपाध्यक्ष तथा बिक्री, मार्केटिङ र रणनीतिसमुहको कार्याकारीको रूपमा थिइन् । उनी फर्च्युन पत्रिकाद्वारा जारि ५० शक्तिशाली व्यावसायिक महिलाहरूको सूचीमा लगातार ८ वर्ष सम्म #१ स्थानमा रहिन ।[6] तथा सन् २०१४ मा फोर्ब्स पत्रिकाले उनलाई विश्वका शक्तिशाली १०० महिलाको सूचीमा १०औ स्थानमा राखेको छ ।[7] उनलाई टाइम्स पत्रिकाले पनि सन् २०१२ को आफ्नो टाइम १०० को सूचीमा राखेको थियो ।[8] तथा ब्लुमबर्ग पत्रिकाले पनि उनलाई उत्कृष्ट ५० व्यावसयिक हस्तीको रूपमा आफ्नो सूचीमा समावेश गरेको थियो ।