![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/87/20180610_FIFA_Friendly_Match_Austria_vs._Brazil_Gabriel_Jesus_850_1688.jpg/640px-20180610_FIFA_Friendly_Match_Austria_vs._Brazil_Gabriel_Jesus_850_1688.jpg&w=640&q=50)
गाब्रिएल जेजुस
ब्राजिलियन खेलाडी / From Wikipedia, the free encyclopedia
ग्याब्रियर जेजुस (जन्म: १९ डिसेम्बर १९९८) (पोर्तुगाली उच्चारण: [ɡabɾiˈɛw ʒeˈzus]), एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्दछन्।[4]
![]() सन् २०१८ मा जेजुस | ||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | गाब्रिएल फेर्नान्दु दे जेजुस[1] | |||||||||||||||||||||||||||
जन्म मिति | (1997-04-03) ३ अप्रिल १९९७ (उमेर २७)[2] | |||||||||||||||||||||||||||
जन्म स्थान | साओ पाउलो, ब्राजिल | |||||||||||||||||||||||||||
उचाइ | १.७५ मी[3] | |||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | |||||||||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||||||||
वर्तमान टोली | म्यानचेस्टर सिटी | |||||||||||||||||||||||||||
सङ्ख्या | ९ | |||||||||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||||||||
सन् २०१०–२०१२ | आयाङ्गुयरा | |||||||||||||||||||||||||||
सन् २०१३–२०१५ | पालमेरस | |||||||||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||
सन् २०१५–२०१७ | पालमेरस | ६७ | (२१) | |||||||||||||||||||||||||
सन् २०१७– | म्यानचेस्टर सिटी | १०३ | (४२) | |||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||
सन् २०१५ | २३ वर्ष मुनि | ६ | (१) | |||||||||||||||||||||||||
सन् २०१५– | २३ वर्ष मुनि | ११ | (५) | |||||||||||||||||||||||||
सन् २०१६– | ब्राजिल | ३९ | (१८) | |||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:१६, २१ सेप्टेम्बर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:५३, १९ नोभेम्बर २०१९ (युटिसी) |
जेजुस राष्ट्रिय फुटबल टोली र म्यानचेस्टर फुटबल क्लबका लागि उत्कृष्ट खेलाडी मध्यमा पर्दछन्। सन् २०१० मा जेजेजले १३ वर्षको उमेरमा पुर्तुगालको आयाङ्गुएरा नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने सन् २०१३ मा जेजुस पालमेरस नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१५ मा उनलाई "काम्पिओनातो ब्रासिलेरू सेरिए आ"मा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई नवआगन्तुक फुटबल खेलाडीको रूपमा मतदान गरिएको थियो भने उनले पलमेरसका लागि कोपा दु ब्राजिउ नामक एक फुटबल प्रतियोगिताको उपाधि जितका लागि उनले महत्त्वपूर्ण योगदान दिएका थिए।[5] सन् २०१६ मा पलमेसरलाई २२ वर्ष पश्चात् लिग कप जिताउन उनको महत्त्वपूर्ण योगदान रहेको थियो जसकारण उनलाई सोही वर्ष संस्करणको उत्कृष्ट खेलाडीको रूपमा चुनिएको थियो। सन् २०१७ मा उन अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा ३ करोड २० लाख युरोमा आवद्ध भएका थिए भने सिटीले सन् २०१८, सन् २०१९ को प्रिमियर लिग, सज् २०१८,१९ र सन् २०२० को इएफएल कप सहित सन् २०१९ को एफए कप पनि जित्न सफल भएको थियो। [6]
सन् २०१५ मा जेजुसले ब्राजिल २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए भने उनले कुल ६ उपस्थितमा जम्मा १ गोल गर्न सफल भएका थिए। जेजुसले ब्राजिल युवा फुटबल टोलीका तर्फबाट कुल २१ उपस्थितिहरूमा ७ गोल गर्न सफल भएका थिए भने टोली सन् २०१५ को फिफा यु-२० विश्वकपको अन्तिममा पुग्न सफल भएको थियो। केही वर्ष युवा टोलीका लागि फुटबल खेलेका जेजुसको सन् २०१६ मा वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनले टोलीको प्रतिनिधित्व गर्दै सन् २०१८ रूसमा आयोजित फिफा विश्वकप संस्करणमा टोलीको प्रतिनिधित्व गरेका थिए भने उनले यसबाहेक सन् २०१९ को कोपा आमेरिका नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पनि टोलीका तर्फबाट सहभागिता जनाएका थिए।[7] जेजुसले सन् २०१९ को अन्त्यसम्ममा राष्ट्रिय टोलीका लागि ३९ उपस्थितिहरू जनाउँदै कुल १८ गोल गर्न सफल भएका थिए।