गङ्गा नदी
दक्षिण एसियाको प्रमुख नदी / From Wikipedia, the free encyclopedia
गङ्गा नदी वा गङ्गे एसियाका ठूला नदीहरू मध्येको एक तथा भारत र बङ्गलादेश भएर बग्ने नदी हो। करीब २५२५ कि.मी. (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको उत्तराखण्ड राज्यबाट निस्किएर दक्षिण पूर्व तिर बग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तिममा गएर बंगालको खाडीमा गएर समुद्रमा मिसिने गर्दछ। यो नदी भारतको एउटा महत्त्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाको एउटा केन्द्र हो। नदीमा बग्ने पानी लगायत अन्य वस्तुहरूको मात्राको आधारमा यो नदी विश्वकै तेस्रो स्थानमा पर्छ।[1]
गङ्गा नदी | |
---|---|
स्थान | |
देश | भारत, बङ्गलादेश |
राज्य | उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, झारखण्ड, पश्चिम बङ्गाल |
सहर | हरिद्वार, कानपुर, जाजमऊ, इलाहाबाद, वाराणसी, मिर्जापुर, गाजीपुर्, पटना, ऋषिकेश, मुंगेर, भागलपुर, बहरामपुर, कोलकाता, बिजनोर |
भौतिक विषेशताहरू | |
स्रोत | गङ्गोत्री हिमनदी, सतोपन्थ हिमनदी, खटलिङ्ग हिमनदी, तथा नन्दा देवी, त्रिसुल, केदारनाथ, नन्दा कोटी र कामेत हिमालहरूबाट बगेर आएको पानी |
• स्थान | उत्तराखण्ड |
मुख | गङ्गा मुखद्वीप |
• स्थान | बङ्गालको खाडी |
गङ्गा नदीले भारतको उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवन सम्मको विशाल भूभागलाई सिचाई गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, आम जनताको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि. मी. सम्म भारत तथा बङ्गलादेशमा आफ्नो लामो यात्रा तय गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग कि. मी.क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गर्दछ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्त्वका कारण पटक-पटक आदरका साथ गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
यस नदीमा माछा तथा सर्पहरूको अनेक प्रजाति तँ पाईछन् नै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। यो कृषि, पर्यटन, साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो किनारामा बसेका सहरहरूलाई जल आपूर्ति पनि गर्छ। यसको किनारामा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध, नदी परियोजनाहरू भारतको जल विद्युत, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको पानीमा ब्याक्टिरियोफेज नामक विषाणु हुन्छन् जसले जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन। यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा नोभेम्बर, २००८ मा भारत सरकारद्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको छ।