![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Acacia_catechu_-_K%25C3%25B6hler%25E2%2580%2593s_Medizinal-Pflanzen-003.jpg/640px-Acacia_catechu_-_K%25C3%25B6hler%25E2%2580%2593s_Medizinal-Pflanzen-003.jpg&w=640&q=50)
खयर
From Wikipedia, the free encyclopedia
वैज्ञानिक नाम एकासिया क्याटेचु (Acacia catechu Willd.)बाट चिनिने खयर बहूउपयोगि वनस्पति हो। यसबाट निकालिने रसायनलाई नेपालीमा कत्था भनिन्छ। यो मसला र औषधि दुवै रूपमा प्रयोग हुन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e2/Acacia-catechu-range-map2.png/640px-Acacia-catechu-range-map2.png)
खयर | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत |
(श्रेणीविहीन): | फूल फुल्ने बिरुवा(एन्जिओस्पर्म) |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Fabales |
कुल: | Fabaceae |
वंश: | Acacia |
प्रजाति: | A. catechu |
वैज्ञानिक नाम | |
Acacia catechu (L.) Willd., Oliv. | |
![]() | |
Range of Acacia catechu | |
पर्याय | |
|
खयरको बोट नेपालको मधेश , तराई र पहाडी दुनहरूको नदीका किनारामा पाइन्छ। यसलाई नतिउष्ण जलवायुका स्थान उपयुक्त हुन्छ| खयर एक मझौला कदको रुख हो। साधारण विरुवाको गोलाइ ०.६ देखि ०.९ मीटर र अग्लाई २.४८ देखि ३.२ मि. सम्म हुन्छ। तर अनुकुल वातावरणमा यसको फेदको गोलाइ १.५ मीटर र ६ मीटरसम्म अग्ला हुन्छन्। हरेक आँख्लाबाट एकवटा संयुक्त पात निस्केको हुन्छ। अण्डावृत आकार भएका स–साना १ मिलिमिटर चौडाई र ३ मिलिमिटर लम्बाई भएका कुड्के पातहरू २० देखि ५० जोडीसम्म पल्हाएका हुन्छन्। कुड्के पातहरू र काण्डलाई मसिना झुसले ढाकेको हुन्छ। फूलको रङ्ग पहेंलो र एउटै डाँठमा धेरै फुलेका हुन्छन्। यो विरुवाको बोक्रा गाढा खैरो रंगको र भित्री काठको रङ्ग रातो हुन्छ।
२०–३० वर्ष पुरानो अन्दाजी ०.६ मी. गोलाइ भएको रुख काट्न लायकको हुन्छ। खयरको गुण यसको वर्ष र मोटाईमा भर पर्दछ। सबैभन्दा पहिले रुख ढालिन्छ र ०.६ देखि ०.९ मी. लम्बाई पारी टुक्रा टुक्रा गरी काटिन्छ। बोक्रा झिकेर फालिन्छ। काठको भित्री भागको रङ्ग रातो हुन्छ। यसलाई अन्दाजी २.५ स्क्वायर सेन्टीमिटर साईजमा सानो सानो टुक्रा गरी काटिन्छ। यी टुक्राहरू माटोको भाँडामा १२ घण्टासम्म् पानीसँग उमालिन्छ। बाक्लो झोल भएपछि काठको बाकसमा खन्याई चिसो पारिन्छ। यसरी खयर वा कथ्था तयार गरिन्छ। काठको तौलमा औसत ३–१० % सम्म खयर उत्पादन हुन सक्दछ।