From Wikipedia, the free encyclopedia
खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर्जा हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल, प्राकृतिक ग्यास आदि पर्दछ्न् ।
पृथ्वीमा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई हाइड्रोकार्बनका यौगिकहरु बन्दछ । हाइड्रोकार्बन यौगिकहरूबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.