![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/96/Chris_Jericho_at_FoF.jpg/640px-Chris_Jericho_at_FoF.jpg&w=640&q=50)
क्रिस जेरिको
From Wikipedia, the free encyclopedia
क्रिस्टोफर केथ इरिभिन (९ नोभेम्बर,१९७०) क्रिस जेरिको नामले परिचित, एक अमेरिकी-क्यानडेली व्यावसायिक कुस्ती खेलाडी, सङ्गीतकार, लेखक तथा अभिनेता हुन् जो हाल अल एलिट रेस्लिङ तथा न्यु जापान प्रो रेस्लिङ नामक दुई कुस्ती संस्थाहरूमा कार्यरत छन्।[4] जेरिको सन् १९९९ देखि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिकाको एक बहुप्रसिद्ध कुस्ती संस्था डब्ल्युडब्ल्युईमा कार्यरत रहेका कारण सर्वाधिक परिचित बनेका छन्। उनी फोजी नामक एक साङ्गीतिक समूहका प्रमुख गायक हुन्। [5][6][7]
क्रिस जेरिको | |
---|---|
![]() जेरिको सन् २०१५ अगस्टमा | |
वास्तविक नाम | किस्टोफर केथ इरभिन |
जन्म | (1970-11-09) नोभेम्बर ९, १९७० (उमेर ५३) न्युयोर्क, अमेरिका |
निवासस्थान | फ्लोरिडा, अमेरिका[1] |
जीवनसाथी(हरू) | जेसिका लक्हर्ट
( वि २०००) |
बच्चा | ३ |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | क्रिस जेरिको[2] कोरोजन डि लियोन[3] लायोन हर्ट[3] लायोन डि ओरा[3] लायोन डो[3] सुपर लाइगर |
उचाई | ६ फिट ० इन्च (१.८३ मी)[2] |
तौल | २२७ पाउन्ड (१०३ किग्रा)[2] |
उत्पत्ति | अलवर्टा, क्यानडा न्यु योर्क विनिपिग, मनितोवा, क्यानडा |
प्रशिक्षक | एड ल्याङ्ली |
पदार्पण | अक्टोबर २, १९९० |
वेबसाइट | |
chrisjericho |
सन् १९९० को दशकमा जेरिकोले अमेरिकी अर्गनाइजेसन एक्सट्रिपम च्याम्पियनसिपका कुस्ती खेल्ने गरेका थिए भने पछि उनले वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा पनि काम गरेका थिए।[8] जेजेरिकोले त्यसको साथसाथै क्यानाडा, जापान र मेक्सिकोमा पनि कुस्ती खेलेका थिए। सन् २००१ मा उनी डब्ल्यूडब्ल्यूएफको पहिलो डब्ल्यूडब्ल्यूएफ अन्डिस्प्युटेड विजेता बनेका थिए र उनी डब्ल्यूसीडब्ल्यूको अन्तिम उपाधि विजेता पनि हुन्। उनले स्टोन कोल्ड सिटिभ अस्टिन र द रकलाई एकै रातमा हराउँदै दुईवटा उपाधिलाई एक बनाएका थिए।[9] जेरिको हालसम्म डब्ल्यूडब्ल्यूएफ र डब्ल्युडब्ल्युईको विभिन्न कार्यक्रमको पोस्टर र शिर्षकमा देखा परेका जसमा रेसलमेरिया १८ र पहिलो टिएलसी र इलिमिनेसन चेम्बर सामेल छन्। जेरिकोलाई डब्ल्युडब्ल्युईको उत्कृष्ट भाषणकर्ताको रूपमा पनि लिने गरिन्छ। जेरिकोलाई रेस्लिङ अवजर्भर न्युलेटरले पनि मत हाल्दै उनलाई २००० को दशकको उत्कृष्ट अन्तरबार्ताको रूपमा छानेको थियो।[10]
डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई भित्र अन्य सम्प्रदायको बीच जेरिकोले एक पटक डब्ल्यूडब्ल्यूएफ अनडिस्प्युटेड च्याम्पियनसिप, डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिप र विश्व ह्याभिवेट च्याम्पियनसिप तीन पटक जितेका छन्। उनले डब्ल्युडब्ल्युईमा ९ पटक अन्तरमहादेशीय च्याम्पियनसिप जितेका छन् भने सन् २०१३ मा उनले चार अन्य दावेदारहरूलाई हराउँदै डब्ल्युडब्ल्युई प्रशंसकको इतिहासको सबैभन्दा महान विजेता निर्धारण गरेको छ जहाँ उनले ६३% मत प्राप्त गरेका थिए।[11] जेरिको ९ अौँ ट्रिपल क्राउन विजेता हुन भने उनी चौँथो ग्र्यान्ड स्ल्याम विजेता पनि बनेका छन्। उनी सन् २००८ का उत्कृष्ट खेलाडीको उपाधि (बिग शोसँग- जोरि-शोमा छँदा) जितेका थिए भने सन् २००९ को वर्षको उत्कृष्ट ट्याग टिम अवार्ड पनि प्राप्त गरेका थिए।[2]
सङ्गीत क्षेत्रमा जेरिकोको एक साङ्गीतिक समूह फोजी रहेको छ जसको उनी प्रमुख गायक हुन्। उक्त साङ्गीतिक समूहले सन् २००० मा इपिनेमस, सन् २००२ मा ह्यमपेनस्टेन्स, सन् २०१० मा चेसिङ द ग्रेलफ सन् २०१२ मा सिन एण्ड बोन, सन् २०१४ मा डु यु वान स्टास्ट द वार र सन् २०१७ मा जुडास नामक एल्बमहरू सार्वजनिक गरेको छ। जेरिको हालसम्म विभिन्न टेलिभिजन कार्यक्रम र चलचित्रहरूमा देखा परेका छन् भने उनले सन् २०११ मा डान्सिङ विथ द स्टारमा पनि भाग लिएका थिए जहाँ उनी ६ हप्ता सम्म रहेका थिए।[12]