![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2d/Kaurava_Pandava_Yuddh.jpg/640px-Kaurava_Pandava_Yuddh.jpg&w=640&q=50)
कौरव
From Wikipedia, the free encyclopedia
महाभारतमा पाण्डवहरूका जेठा बुवा धृतराष्ट्रकी पत्नी गान्धारीको एउटै गर्भबाट सय भाइ छोरा र एक छोरीको जन्म भएको थियो। ती सय भाइरूलाई नै कौरव भनिन्छ। कौरवहरूका जेठा भाइको नाम दुर्योधन तथा सुयोधन थियो। पाण्डवहरूसँग कौरवहरूको बाल्य काल देखि नै बिरोध थियो। बाल्यकालदेखि नै पाण्डवहरूका भाइ भीमसेनलाई विषका लड्डु ख्वाउनु, माता कुन्ती सहित पाँचै भाइ पाण्डवहरूलाई लाक्षागृह (लाहाको घर) बनाई आगो लगाउनु इत्यादि दु:ख दिंदै आएका थिए भने पछि पाण्डवहरूलाई शकुनीलाई उल्टा कपटी पासाहरू बनाएर जुवामा हराई पाण्डवहरूकी पत्नी द्रौपदीको सभामा ल्याएर साडी तानेर बेइज्जत गर्नुका साथै बाह्र वर्ष वनवास र एक वर्ष गुप्त वासको कबोल पुरा गरेर मात्र राज्य फर्काउने प्रतिज्ञा गरी राज्यबाट निकाली दिए। यसरी पाण्डवहरूले पनि भने बमोजीम गरे पनि कौरवहरूले राज्य फिर्ता नगरेकाले महाभारत युद्ध गर्नु बाध्यता पर्यो। भारत युद्धमा भिमसेनले कौरवहरूलाई एक एक गर्दै मारेका थिए। [1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2d/Kaurava_Pandava_Yuddh.jpg/320px-Kaurava_Pandava_Yuddh.jpg)