कोपेन हावापानी वर्गीकरण
From Wikipedia, the free encyclopedia
कोपेन हावापानी वर्गीकरण सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हावापानी वर्गीकरण प्रणाली मध्ये एक हो।[1] यो पहिलो पटक सन् १८८४ मा जर्मन-रूसी मौसमविद् व्लादिमिर कोपेन द्वारा प्रकाशित गरिएको थियो।[2] पछि, जर्मन मौसमविद् रुडोल्फ गेइगरले वर्गीकरण प्रणालीमा केही परिवर्तनहरू ल्याए, जसलाई कहिलेकाहीं कोपेन-गोइजर हावापानी वर्गीकरण भनिन्छ।[3][4] कोपेन हावापानी वर्गीकरणले हावापानी लाई पाँच मुख्य हावापानी समूहहरूमा विभाजन गर्दछ, प्रत्येक समूहलाई मौसमी वर्षा र तापमान ढाँचाको आधारमा विभाजित गरिएको छ।[5]