![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/21/Agave_americana_R01.jpg/640px-Agave_americana_R01.jpg&w=640&q=50)
केतुके
From Wikipedia, the free encyclopedia
केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यसलाई केतु र केतुकी पनि भनिएको सुनिन्छ । यसको पातलाई ढुङ्गामा चुटेर पानिमा गलायो भने बलियो रेशा निस्किन्छ । त्यो रेशा विभिन्न काममा प्रयोग हुन्छ ।
केतुके | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
गण: | एस्पारागेल्स |
परिवार: | Asparagaceae |
उपपरिवार: | Agavoideae |
वंश: | Agave L., 1753[1] |
प्रजाति: | A. americana |
वैज्ञानिक नाम | |
Agave americana L., 1753[1] | |
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । [2]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3b/Agave_July_2011-1.jpg/640px-Agave_July_2011-1.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/ca/Ketuke.jpg/640px-Ketuke.jpg)