कृष्णप्रसाद भट्टराई
नेपालका वरिष्ठ राजनितीज्ञ / From Wikipedia, the free encyclopedia
कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७, राजनीतिक नाम: किशुनजी) नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।
कृष्णप्रसाद भट्टराई | |
---|---|
![]() कृष्णप्रसाद भट्टराई | |
२९ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल ३१ मे, १९९९ – २२ मार्च, २००० | |
एकाधिपति | वीरेन्द्र |
पूर्वाधिकारी | गिरिजा प्रसाद कोइराला |
उतराधिकारी | गिरिजा प्रसाद कोइराला |
कार्यकाल १९ अप्रिल, १९९० – २६ मे, १९९१ | |
एकाधिपति | वीरेन्द्र |
पूर्वाधिकारी | लोकेन्द्र बहादुर चन्द |
उतराधिकारी | गिरिजा प्रसाद कोइराला |
चौथो सभापति - नेपाली काँग्रेस | |
कार्यकाल १७ जनवरी, १९९२ – १० मे, १९९६ | |
उतराधिकारी | गिरिजा प्रसाद कोइराला |
कार्यकाल १२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक) | |
पूर्वाधिकारी | विश्वेश्वरप्रसाद कोइराला |
सभामुख - प्रतिनिधि सभा | |
कार्यकाल मे, १९५९ – २६ डिसेम्बर, १९६० | |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९८१ पौष ०८ गते कृष्ण द्वादशी (१९२४-१२-२३)२३ डिसेम्बर १९२४ |
मृत्यु | २०६७ फागुन २० गते ४ मार्च २०११(2011-03-04) (उमेर ८६) काठमाडौँ, नेपाल |
राजनीतिक दल | नेपाली काँग्रेस |
भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। [1]
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।