किमोनो
From Wikipedia, the free encyclopedia
किमोनो (जापानी:きもの) जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी 'टी आकारले' शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष कार्यक्रम भएको समयमा किमोनो लगाइने गरिन्छ भने हालको आधुनिक जापनको समयमा लगाइनै पर्ने पोषाकका रूपमा लिइदैँन । साधारणतया: दैनिक जीवनमा पनि किमोनो लगाइने गरिन्छ । किमोनो, विशेष रूपमा वयस्क पुरुष वा महिलाले दैनिक रूपमा लगाउने पनि गर्दछन् ।[1]
जापानी शब्द किमोनो अनुसार, "कि" को अर्थ लगाउनु र "मोनो" को अर्थ सामन हुने गर्दछ । यसको शाब्दिक अर्थ "लगाउने कपडा" हुन आउँदछ ।
किमोनो लगाउने शैलीमा फरक भएपनि बायाँ पट्टा (collar) दायाँ माथि पारी लगाइएको हुन्छ । किमोनो लगाउँदा यससँग 'ओबी' (पोषाकको पछाडी पट्टी बनाइने) र किमोनो लगाउनु अघि अन्डर किमोनो पनि लगाइने गरिन्छ । किमोनो सँग भिन्नै किसिमको चप्पल (जोरी वा गेटा) पनि लगाइएका हुन्छन् र फरक मोजा (टेबी) पनि लगाइन्छन् ।[2] हालको समयमा किमोनो लाई दैनिक जीवनमा लगाइने प्रयास भएका छन् र विविध प्रकारको डिजाइन पनि बनाइने गरिएका छन् ।