कर्ण (महाभारत)
From Wikipedia, the free encyclopedia
कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध ऐतिहासिक युद्ध महाभारतको प्रमुख पात्रहरू मध्य एक थिए ।
कर्णलाई महाभारतको महानायक मानिन्छ। कर्ण महाभारतको सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान परशुराम स्वयंले कर्णको श्रेष्ठता स्विकार गरेका थिए । कर्ण का वास्तविक आमा कुन्ती थिइन्। कर्णको जन्म कुन्ती र पाण्डुको साथ विवाह हुनु पूर्व भएको थियो। कर्ण दुर्योधनका सबसे नजिकको मित्र थिए र महाभारतको युद्धमा उनले आफ्ना भाइहरू विरुद्ध लडे। उनी सूर्यका पुत्र थिए। कर्णलाई एक आदर्श दानवीर मानिन्छ। कर्णले दानमा जसले जे मागे पनि दिने गरेका थिए ।[1] [2] [3]यसको परिणामस्वरूप उसको आफ्नो प्राण नै संकटमा पर्यो।